![](https://nayapatrika.blr1.cdn.digitaloceanspaces.com/news/images/guru-education2025-02-07-01-19-53.png)
बागबजारस्थित गुरु एजुकेसन एण्ड भिसा सर्भिसेसले शैक्षिक मेला आयोजना गर्ने भएको छ। आइतबार बागबजारस्थित कार्यालयमा ‘मल्टि डेस्टिनेसन एजुकेसन फेयर’ गर्न लागेको हो ।
उक्त मेलामा विद्यार्थीले ८ देशका विश्वबिद्यालय तथा कलेजका प्रतिनिधिसँग काउन्सिलिङको सुविधा लिन सक्ने गुरु एजुकेसनका प्रमुख कार्यकारी अधिकृत(सिइओ) राजेन्द्र मैनालीले बताए । साथै ब्रिटिस काउन्सिल तथा पिटिईका प्रतिनिधिसँग पनि भेटेर छलफल गर्न पाउनेछन् । स्पट अफर, छात्रवृत्ति, भिसा प्रक्रिया लगायत प्रक्रियाको विषयमा सहज रुपमा जानकारी दिन मेला आयोजना गर्न लागिएको सो कन्सलटेन्सीले जनाएको छ।
मेलामा अष्ट्रेलिया, बेलायत, अमेरिका, क्यानडा तथा यूरोपियन देशका विभिन्न विश्वबिद्यालय तथा कलेजका प्रतिनिधिहरुसँग प्रत्यक्ष भेटेर बिद्यार्थीले छात्रवृत्ति लगायत विविध विषयमा जानकारी लिन सक्ने गुरु एजुकेसनले जनाएको छ। एकै स्थानमा विभिन्न देशका विश्वबिद्यालयका प्रतिनिधिहरूसँग भेटेर बुझ्दा बिद्यार्थीलाई देश र कलेज छान्न सहज हुने भएकाले यस्तो मेला आयोजना गरिएको मैनालीले बताए।