मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ माघ २४ बिहीबार
  • Thursday, 06 February, 2025
नयाँ पत्रिका काठमाडौं
२o८१ माघ २४ बिहीबार १२:३२:oo
Read Time : < 1 मिनेट
समाचार

गृह प्रशासनको अत्याचारविरुद्ध दलित विद्यार्थी कानुन समाजको खबरदारी सभा 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ माघ २४ बिहीबार १२:३२:oo

अन्तरजातीय विवाह गरेकै आधारमा एक जोडीमाथि गृह प्रशासनले ज्यादती गरेको विरोधमा दलित विद्यार्थी कानुन समाजले सरकारको खबरदारी गरेको छ । बुधबार माइतीघरमा उनीहरूले खबरदारी सभा गरेका हुन्। 

सर्लाहीका सत्येन्द्रकुमार राम र नेहा चौधरीलाई छुटाउन प्रहरीले पटक-पटक पक्राउ गरी कुटपिट गरेको थियो। उनीहरूलाई पक्राउ गर्न प्रहरीले मुम्बईसम्म टोली खटायो । गृहमन्त्री रमेश लेखककै निर्देशनमा यसरी आफूहरूमाथि अत्याचार गरिएको पीडितहरूले बताएका छन्। 

गृह प्रशासन तथा प्रहरीकै मिलेमतोमा यसरी ज्यादती भएकोमा दलित अधिकारकर्मीहरूले आन्दोलनको घोषणा गरेका छन्। प्रहरीले घटनाको छानबिन गर्नुको सट्टा घटना झुटो भएको भन्दै ढाकछोपको प्रयास गरेको छ।