सोमबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) झिनो अंकले बढेको छ । आज नेप्से साढे ११ अर्बभन्दा बढीको कारोबारसहित २.४१ अंकले बढेर दुई हजार ७३० विन्दुमा पुगेको हो ।
नेप्से बढ्दा ११ अर्ब ८७ करोड ५९ लाख ६७ हजार रुपैयाँबराबरको दुई करोड ३७ लाख ७० हजार ३४८ कित्ता सेयर कारोबार भएको छ ।
९७ वटा कम्पनीको सेयर मूल्य बढेको छ भने १३७ वटा कम्पनीको सेयर मूल्य घटेको छ । आठवटा कम्पनीको सेयर मूल्य भने स्थिर रहेको छ । यस्तै ३०९ वटा कम्पनी कारोबारमा आउँदा एक लाख ११ हजार ९१८ पटक सेयर किनबेच भएको छ ।
आज १३ वटा समूहमध्ये सातवटा समूह बढेको छ भने ६ वटा समूह घटेको छ । सबैभन्दा बढी निर्जीवन बिमा ०.८२ प्रतिशतले बढेको छ । सबैभन्दा कम लघुवित्त समूह ०.१० प्रतिशतले बढेको छ ।
सबैभन्दा बढी फाइनान्स समूह १.०७ प्रतिशतले घटेको छ भने सबैभन्दा कम होटेल तथा पर्यटन ०.०१ प्रतिशतले घटेको छ ।