मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ माघ २१ सोमबार
  • Monday, 03 February, 2025
२o८१ माघ २१ सोमबार १७:५७:oo
Read Time : < 1 मिनेट
समाचार

‘नो केबलकार समूह’बाट पनि वार्ता टोली गठन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ माघ २१ सोमबार १७:५७:oo

ताप्लेजुङको पाथीभरामा केबलकार निर्माणको विषयलाई लिएर जारी आन्दोलनरत पक्षले पनि वार्ता सहजीकरण समिति गठन गरेको छ। 

आन्दोलन पक्षधरबाट बनेको वार्ता सहजीकरण समितिको संयोजकमा प्राज्ञ अम्मर तुम्याहाङ छन्। प्रेस विज्ञप्ति जारी गर्दै मुकुम्लुङमा भएको आन्दोलनको स्थानीय समस्या समाधान तथा वार्ताका लागि सदस्यहरूमा शंकर लिम्बू, राम मादेन र सरस्वता सिंघक (सरू) सदस्य रहेको जनाएको छ। 

नेपाल सरकारका तर्फबाट हिजो नै सहसचिव प्रेमप्रसाद भट्टराईको संयोजकत्वमा वार्ता समिति निर्माण भएको थियो। भट्टराईको संयोजकत्वमा रहेको समितिको सदस्यहरूमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र सहरी विकास मन्त्रालय वार्ता समितिमा रहेको जारी विज्ञप्तिमा उल्लेख छ।