मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ माघ २१ सोमबार
  • Monday, 03 February, 2025
तस्बिर : अमुल थापा /नयाँ पत्रिका
अमुल थापा काठमाडौं
२o८१ माघ २१ सोमबार १६:oo:oo
Read Time : < 1 मिनेट
मल्टिमिडिया डिजिटल संस्करण

लेले सरस्वती कुण्डमा श्रद्धालुको घुइँचो (तस्बिरहरू)

Read Time : < 1 मिनेट
अमुल थापा, काठमाडौं
नयाँ पत्रिका
२o८१ माघ २१ सोमबार १६:oo:oo

विद्याकी देवी सरस्वतीको पूजा–अर्चना गर्दै सोमबार श्रीपञ्चमी पर्व मनाइएको छ। हरेक वर्षको माघ शुक्ल पञ्चमीका दिन मनाइने यो पर्वमा यसपालि पनि ललितपुरको लेलेमा रहेको सरस्वती कुण्डमा विशेष मेला लागेको छ। गोदावरी नगरपालिका– ५ तिलेश्वर महादेवको प्रांगणमै अवस्थित जलरूपा सरस्वतीमा सोमबार बिहानैदेखि श्रद्धालु भक्तजनले दर्शन गरेका छन् ।  

सरस्वती कुण्डको जलसेचन गर्नुका साथै सरस्वतीको मूर्तिको पूजा–अर्चना पनि भक्तजनहरूले गरेका छन्। विशेषगरी सानासाना बालबालिकालाई उनीहरूका अभिभावकले दर्शनका निम्ति मन्दिर लगेका थिए।

यस दिन सरस्वती कुण्डनजिकैको भित्तामा बालबालिकालाई लेख्न पनि लगाइएको छ। यसो गर्दा राम्रो लेख्न र पढ्न सक्छन् भन्ने मान्यता रहेको छ। बालबालिकालाई अक्षर आरम्भ पनि गराउने गरिन्छ।

दैत्य गुरु शुक्राचार्यको कण्ठमा वास गर्नुभएकी देवी सरस्वती देवगुरु वृहस्पति भएको ठाउँमा आएको देखेर शुक्राचार्य रिसाई सरस्वती मातालाई सराप दिँदै ‘जलमा परिणत हौ’ भनेपछि देवी सरस्वती जलमा परिणत भइन् र त्यस जललाई वृहस्पतिले आफ्नो अञ्जुलीमा भरेर पिएपछि सरस्वती माता देवगुरु वृहस्पतिको कण्ठमा गई बसेको र वाक्य सिद्धिको बरदान प्राप्त भएको कथन छ।

सोही दिनदेखि यो सरस्वती कुण्डको जल पिउँदा बोल्न नसक्ने बच्चाको बोली फुट्छ र बच्चा ज्ञानी हुन्छ भन्ने जनविश्वास छ। सरस्वतीलाई चढाइएको सात गेडा अक्षता निलेमा विद्या र बुद्धि बढ्ने र चेतनाको ज्योति पाइन्छ भत्रे विश्वास छ।