वान डे क्रिकेट एकेडेमीले प्रधानमन्त्री कप पुरुष क्रिकेट काठमाडौं जिल्ला छनोटमा विजयी सुरुवात गरेको छ। सोमबार माथिल्लो मूलपानी क्रिकेट मैदानमा वान डेले हिमालयन क्रिकेट एकेडेमी ‘बी’लाई ५७ रनले पराजित गर्यो।
वान डेले प्रस्तुत गरेको १२४ रनको लक्ष्य पछ्याएको ग्रेट हिमालयन १३ ओभरमा ६६ रनमै समेटियो। हिमालयनका लागि अभिषेक बुढाऐरले २० रन बनाउनुबाहेक अन्य ब्याटरले दोहोरो अंकमा रान जोड्न सकेनन्। वान डेका लागि मणि गैरेले पाँच, विकल्प थापाले दुई र भूपेश्वर महतोले एक विकेट लिए। त्यसअघि टस जितेर ब्याटिङ रोजेको वान डेले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १२३ रनको योगफल तयार पारेको थियो। वान डेका लागि विश्वास खत्रीले २९, निरज ओलीले २५ र भूपेश्वर महताले १३ रन बनाए । हिमालयनका ला लिग सुमन विश्वकर्माले चार र आदित्य थापाले दुई विकेट लिए।
सोमबार नै सम्पन्न अर्को खेलमा फरेबर क्रिकेट ब्वाइज् क्लबले नेक्सस क्रिकेट एकेडेमीलाई पाँच विकेटले हराएको छ।