मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ माघ २१ सोमबार
  • Monday, 03 February, 2025
नयाँ पत्रिका विराटनगर
२o८१ माघ २१ सोमबार १८:३५:oo
Read Time : < 1 मिनेट
प्रदेश

उद्योग वाणिज्य महासंघ कोशी प्रदेशको भवन निर्माण सुरु 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, विराटनगर
नयाँ पत्रिका
२o८१ माघ २१ सोमबार १८:३५:oo

उद्योग वाणिज्य महासंघ कोशी प्रदेश समितिले आफ्नो भवन निर्माण सुरु गरेको छ। सोमबार समितिको दोस्रो साधारणसभाको अवसरमा उद्योग वाणिज्य महासंघ कोशीले मोरङको बुढीगंगा गाउँपालिका–१, टंकिसिनवारीमा भवनको औपचारिक शिलान्यास गरेको हो। 

भवनको शिलान्यास उद्योग वाणिज्य संघका उपाध्यक्ष हेमराज ढकाल, पूर्वअध्यक्ष चण्डीप्रसाद ढकाल कोशीका अध्यक्ष राजेन्द्र राउतले संयुक्त रूपमा गरे।

दुई कट्ठा क्षेत्रफलमा चार करोड लागतमा निर्माण हुने उक्त्त भवन अढाई तलाको हुने र एक वर्षभित्र निर्माणसम्पन्न गर्ने लक्ष्य छ। संघीयतालाई बलियो बनाउन नेपाल उद्योग वाणिज्य महासंघले पनि सोहीअनुरूप सातै प्रदेशमा दिगो रूपमा सचिवालय स्थापना गराउने निर्णयअनुसार कोशी प्रदेशको भवन निर्माण आफ्नै कार्यकालमा सम्पन्न गर्ने गरी थालिएको अध्यक्ष राजेन्द्र राउतले बताए।

उद्योग वाणिज्य महासंघ कोशी प्रदेश समितिको कार्यालय हाल विराटनगरको बरगाछीस्थित भाडाको घरमा सञ्चालन हुँदै आएको छ।