मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ माघ १४ सोमबार
  • Monday, 27 January, 2025
मस्को
२o८१ माघ १४ सोमबार o९:३७:oo
Read Time : < 1 मिनेट
विश्व प्रिन्ट संस्करण

युक्रेनसँग वार्ता गर्न पुटिन तयार 

Read Time : < 1 मिनेट
मस्को
नयाँ पत्रिका
२o८१ माघ १४ सोमबार o९:३७:oo

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनसँग वार्ता गर्न मस्को तयार रहेको बताएका छन् । ‘हामीले जहिले पनि यो कुरा भन्दै आएका छौँ कि हामी युक्रेनी विषयमा वार्ताका लागि तयार छौँ,’ पुटिनले भने ।

वार्ताका लागि पहिले प्रतिबन्ध खुकुलो पार्नु आवश्यक रहेको उनले बताए । ‘यदि वार्ता पुनः सुरु भयो भने युक्रेनको वर्तमान कानुनी ढाँचाअन्तर्गत यो अवैध हुनेछ ।’ ‘जबसम्म यो आदेश जारी रहन्छ, तबसम्म यी वार्ता सही तरिकाले पूरा गर्न सकिन्छ भन्ने विश्वास मलाई छैन । त्यसैले वार्ताका लागि वातावरण बनाउन पहिले अर्को चरणको छलफल जरुरी छ,’ पुटिनले भने ।

उनले केही प्रारम्भिक छलफल हुन सक्ने भए पनि युक्रेनी पक्षबाट विद्यमान प्रतिबन्धका कारण गम्भीर वार्ता गर्न कठिन हुने उल्लेख गरे । रुसी नेताले जेलेन्स्कीलाई वार्तामा प्रतिबन्ध लगाउने आदेश हटाउन र आफ्ना प्रायोजकको आदेश पालना गर्न कुनै हतार नभएको बताएका छन् ।