डान्सबारमा काम गर्ने युवती ठमेलको होटेलमा मृत अवस्थामा भेटिएकी छिन्। काठमाडौं महानगरपालिका–२६ स्थित ड्रङ्किङ इन गेस्ट हाउसको कोठा नम्बर २०२ मा रसुवा तातोपानी घर भएकी २१ वर्षीया समिरा तामाङ शुक्रबार राति मृत अवस्थामा फेला परेकी हुन्।
प्रहरी वृत्त सोह्रखुट्टका अनुसार उनी एक डान्सबारमा डान्सरका रूपमा काम गर्दै आएकी थिइन्। शुक्रबार बिहान डान्सबारमा काम सकेर उनी होटेलमा गएर सुतेकी थिइन्। कोठामा भित्रबाट लक गरेको अवस्थामा बेलुका शव भेटिएको हो। चोटपटक नरहेको र पोस्टमार्टम रिपोर्टबाट मृत्युको कारण खुल्ने प्रहरीले जनाएको छ।