नोना कोइराला स्मृति पुरस्कारबाट अग्रज पत्रकार किशोर नेपाल सम्मानित भएका छन्।
कांग्रेस नेतृ स्वर्गीय नोना कोइराला स्मृति प्रतिष्ठानले उनको १८औँ स्मृतिमा सोमबार विराटनगरमा आयोजना गरेको औपचारिक कार्यक्रममा पत्रकार नेपाल पुरस्कृत भएका हुन्।
कांग्रेसका नेता डा. शेखर कोइरालाले पत्रकार नेपाललाई दोसल्ला ओढाएर नगद २५ हजार र प्रमाणपत्रसहित सम्मान गरेका छन्।
नोना कोइराला प्रतिष्ठानले हरेक वर्ष स्मृति दिवसको अवसरमा पत्रकारहरूलाई पुरस्कार प्रदान गर्दै आएको छ।