युक्रेनले मस्कोमा ड्रोन आक्रमण गरेको छ । युक्रेनले प्रहार गरेका ३४ वटा ड्रोन आफ्नो हवाई रक्षा प्रणालीले खसालिदिएको रुसले बताएको छ । यसलाई रुसले सन् २०२२ मा युक्रेनमा हमला सुरु गरेयताकै सबैभन्दा ठुलो आक्रमण भनेको छ ।
आक्रमणपछि मस्कोका तीनवटा विमानस्थल अस्थायी रूपमा बन्द भएका थिए । हमलामा ५२ वर्षीया एक महिला घाइते हुनुका साथै मस्को क्षेत्रको स्टानोभोय गाउँका दुई घरमा आगजनी भएको थियो ।