मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ माघ १२ शनिबार
  • Monday, 27 January, 2025
रासस ग्वाटेमाला सिटी
२o८१ माघ १२ शनिबार १७:४८:oo
Read Time : < 1 मिनेट
विश्व डिजिटल संस्करण

अमेरिकामा ‘अवैध आप्रवासी’ फिर्ता प्रक्रिया जारी

Read Time : < 1 मिनेट
रासस, ग्वाटेमाला सिटी
नयाँ पत्रिका
२o८१ माघ १२ शनिबार १७:४८:oo

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अवैध आप्रवासीमाथि कडा कारबाही गर्न अघि बढेसँगै दर्जनौँ आप्रवासीलाई लिएर अमेरिकी सेनाका विमानहरू ग्वाटेमाला आइपुगेका छन्।

मध्य अमेरिकी देशको आप्रवासन संस्थानका अनुसार ग्वाटेमालाका २६५ जना तीनवटा उडानबाट स्वदेश फर्किएका हुन्। वासिङ्टनले बिहीबार मेक्सिकोमा चारवटा निर्वासन उडान पनि पठाएको ह्वाइट हाउसका प्रेस सेक्रेटरीले एक्समा उल्लेख गरेका छन्।

मेक्सिको सरकारले उडानहरूको आगमन कुनै सम्झौताको पुष्टि गरेको छैन। तर, मेक्सिकोको विदेश मन्त्रालयले आफ्ना नागरिकको निर्वासनका विषयमा वासिङ्टनसँग मिलेर काम गर्न तयार रहेको बताउँदै ‘मेक्सिकोका नागरिकको आगमनलाई आफ्नो भूमिमा खुला हातले सधैँ स्वीकार गर्ने’ बताएको छ।

ह्वाइट हाउसले दुई दिनमा एक हजारभन्दा बढी व्यक्तिलाई पक्राउ गरेका, सयौँलाई सैनिक विमानबाट देशनिकाला गरिएको र ‘इतिहासकै सबैभन्दा ठुलो निर्वासन अभियान चलिरहेको’ बताएको छ। बिहीबार ५३८ जना अवैध आप्रवासी पक्राउ परेका छन् भने शुक्रबार ५९३ जना पक्राउ परेका छन्।

ट्रम्पका पूर्ववर्ती जो बाइडेनको समयमा निर्वासन उडानहरू नियमित रूपमा सञ्चालन गरिएको थियो। सन् २०२४ मा कुल दुई लाख ७० हजार व्यक्तिलाई निर्वासित गरिएको थियो। यो पछिल्लो एक दशकमा उच्च रेकर्ड हो। उक्त अवधिमा एक लाख १३ हजार ४०० व्यक्तिलाई गिरफ्तार गरी अनुसन्धान प्रक्रिया अघि बढाइएको थियो।