मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ माघ ९ बुधबार
  • Wednesday, 22 January, 2025
नयाँ पत्रिका काठमाडौं
२o८१ माघ ९ बुधबार २२:४२:oo
Read Time : > 1 मिनेट
समाचार

केचनाकवलको उष्णतादेखि सगरमाथाको शुष्कतासम्म सशस्त्र प्रहरीको उपस्थिती छ: आइजिपी अर्याल 

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ माघ ९ बुधबार २२:४२:oo

सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले सीमा सुरक्षाको अभेद्य पर्खालको रुपमा संगठनले  केचनाकवलको उष्णतादेखि सगरमाथाको चुचुरो हिमालको शुष्कतासम्म सबै भूगोलमा अर्थपूर्ण उपस्थिती  जनाएको बताएका छन् । २४ औं सशस्त्र प्रहरी दिवसको अवसरमा बुधबार सशस्त्र प्रहरी मुख्यालयमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले सीमा र नागरिकको सुरक्षाका लागि देशको हरेक  कुनामा सशस्त्र प्रहरी सक्रिय रहेको बताएका हुन् ।

सशस्त्र प्रहरीका एक अधिकृतले हालै सर्वाेच्च शिखर सगरमाथाको आरोहण गरेको सन्दर्भमा उनले सगरमाथाको चुचुरोसम्म सशस्त्र प्रहरीको अर्थपूर्ण उपस्थिती रहेको बताएका हुन् । सशस्त्र प्रहरीका इन्सपेक्टर सुरज पौडेलले गत जेठमा सगरमाथा आरोहण गरेका थिए। सीमा सुरक्षाको दृष्टिकोणले समेत सो काम अर्थपूर्ण रहेको भन्दै इन्सपेक्टर पौडेललाई सशस्त्र प्रहरी दिवसमा सम्मानित गरिएको छ। 

 आइजिपी अर्यालले स्थापनाको २५औं बर्षमा आफ्ना नविन पाइलाहरु पदार्पण गरिरहँदा संगठनले राष्ट्रिय जीवनमा आइपरेका विभिन्न घटनाक्रम तथा चुनौतीहरुमा उच्च पराक्रम, अदम्य साहस, सौर्य र वीरता प्रस्तुत गर्दै आईरहेको उल्लेख गरे ।  भविष्यमा समेत देश र देशवासीलाई सर्वोपरी ठानी नेपाल सरकारले लिएको ‘समृद्ध नेपाल सुखी नेपाली’ लाई साकार रुप दिई सुशासन तथा तिब्र आर्थिक बृद्धिको लक्ष्य पूरा गर्न सशस्त्र प्रहरी बल नेपाल प्रतिवद्ध रहेको उनको भनाई थियो ।  

    राज्य तथा नागरिकको सुरक्षा कुनै व्यक्ति वा एकल संस्थाको प्रयासबाट मात्र नहुने हुँदा अन्य सुरक्षा निकायहरुसँग निकट समन्वयकासाथ राज्यप्रदत्त कार्यादेशहरुलाई कुशलतापूर्वक वहन गर्दै नेपाल सरकार तथा मजकुर गृह मन्त्रालयका नीति, कार्यक्रम, आदेश निर्देशनहरुलाई अक्षरश पालना गरी सेवाप्रतिको निष्ठाभावका साथ सकल दर्जा परिचालित भईरहेको  बताउँदै उनले  सुरक्षा समन्वयमा अन्य सुरक्षा निकायहरुले प्रदर्शन गरेको बन्धुत्व र भातृत्वभावको सरहाना गरेका छन् । 

 

    सशस्त्र प्रहरी बल नेपालका जवानहरुले जागिर हैन सेवा गर्नुपर्छ भन्ने भावनाका साथ काम गरिरहेका भन्दै उनले भने–‘जागिर खाएर तलब बुझ्ने ध्यानमा होइन सेवा गरेर नागरिकको मन मष्तिस्क जित्ने अभियानमा हामी लाग्नु पर्छ । सेवाकै भावले सीमावासीसँग सशस्त्र प्रहरी कार्यक्रमलाई निरन्तरता दिई सीमा ईलाकाका जनतासँग रचनात्मक तथा भावनात्मक रुपमा जोडिन ६१ वटा स्वास्थ्य शिविर, ७ सय २७ जनालाई समुदाय विपद् स्वयंसेवक तालिम प्रदान तथा ५ सय १४ जना लाभान्वित हुने गरी सीपमूलक तालिम संचालन तथा ५३ वटा शिघ्र असर आयोजना जस्ता कार्यक्रमहरु संचालन गरिएको  उनले जानकारी दिए । 

    सशस्त्र प्रहरी महानिरीक्षक अर्यालले नेपालमा देखिएको मुख्य सुरक्षा चुनौतीहरुमध्ये लागूऔषधको अवैध प्रयोग तथा कारोबार एक भएको उल्लेख गरे।  सीमा क्षेत्रमा यसको प्रयोग अझ बढी पाइएकोले लागूऔषध, सीमा र युवा लक्षित ‘नशारहित युवा देशका कर्णधार, सुरक्षित सीमा समृद्ध राष्ट्र निर्माणको आधार’ भन्ने नाराका साथ लागूऔषध दुव्र्यसनीसँग सम्बन्धित जनचेतनामूलक कार्यक्रम, समुदायका विद्यालयहरुमा सचेतनामूलक कक्षा संचालन, सडक नाटक, निबन्ध, कविता तथा वक्तित्वकला प्रतियोगिता सम्पन्न भएका छन् । भारतीय सशस्त्र सीमा बलसँग समन्वयात्मक बैठक र सीमा नाकाहरुमा लागूऔषध सम्बन्धी कानूनी व्यवस्था उल्लेख गरिएको सूचनामूलक बोर्ड राख्नुको साथै सचेतनामूलक रेडियो कार्यक्रम समेत संचालन गरिएको महानिरीक्षक अर्यालले बताए। 


 

छुटाउनुभयो की ?