मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ माघ ९ बुधबार
  • Wednesday, 22 January, 2025
नयाँ पत्रिका काठमाडौं
२o८१ माघ ९ बुधबार २१:२९:oo
Read Time : < 1 मिनेट
समाचार

मन्त्री यादव र एडिबी निर्देशकबिच एकीकृत खानेपानी आयोजना कार्यान्वयन मोडालिटी तयारीबारे छलफल

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ माघ ९ बुधबार २१:२९:oo

खानेपानीमन्त्री प्रदीप यादव र एसियाली विकास बैंक (एडिबी) का नेपाल प्रतिनिधि निर्देशक आर्नो कोस्वाबिच इन्टिग्रेटर खानेपानी आयोजना (एकीकृत खानेपानी तथा सरसफाइ परियोजना) कार्यान्वयन मोड़ालिटी तयारीसम्बन्धी छलफल भएको छ। बैठकमा आयोजना कार्यान्वयन मोडालिटी, सुधारिएको सहरी खानेपानी मोडल र सुधारिएको क्षेत्रीय सहरी विकास परियोजना (आरयुडिपी) मोडललाई प्राथमिकताका साथ अघि बढाउने विषयमा जोड दिइएको थियो।

खानेपानी मन्त्रालयका सहसचिव रमाकान्त दुवाडीका अनुसार यी परियोजनाका विषयमा दुई वर्षदेखि विषय उठान गरिए पनि आज मन्त्री यादवको सक्रियतामा मन्त्रालयका अधिकारीहरू र एडिबी प्रतिनिधिहरूबिच विस्तृत छलफल भएको हो। उनले दुई मोडेलका माध्यमबाट आयोजना कार्यान्वयनको सम्भावना छानबिन गरिने जानकारी दिए।

एडिबीका निर्देशक आर्नो कोस्वाले नेपालमा खानेपानीलगायतका क्षेत्रमा एडिबीको दीर्घकालीन लगानी र सफलताका उदाहरणहरू प्रस्तुत गर्दै नयाँ परियोजना शीघ्र कार्यान्वयनमा ल्याउने प्रतिबद्धता व्यक्त गरे। उनले भने, ‘नयाँ खानेपानी परियोजना लागू गर्न एडिबी पूर्ण रूपमा प्रतिबद्ध छ र यसले नागरिकलाई शुद्ध पानी उपलब्ध गराउन महत्त्वपूर्ण भूमिका खेल्नेछ।’

छुटाउनुभयो की ?