अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनमा युद्ध अन्त्य गर्न सम्झौता गर्न अस्वीकार गरेकोमा रुसमाथि नयाँ प्रतिबन्ध लगाउन सक्ने चेतावनी दिएका छन्।
ह्वाइट हाउसमा आयोजित कार्यक्रममा रुसी राष्ट्रपति वार्तामा नआए अमेरिकाले मस्कोमाथि थप प्रतिबन्ध लगाउने हो कि भनेर पत्रकारहरूले सोधेको प्रश्नमा ट्रम्पले भने, ‘यस्तो हुन सक्ने सम्भावना छ।’
सोमबार पदभार ग्रहण गर्नुअघि ट्रम्पले पदभारपछि तुरुन्तै युक्रेन युद्ध अन्त्य गर्ने प्रतिज्ञा गरेका थिए। यसबाट उनले रुसलाई सहुलियत दिन किएभलाई बाध्य बनाउनका लागि सहयोगको लाभ उठाउने अपेक्षा बढेको थियो। रुसले सन् २०२२ फेब्रुअरीमा युक्रेनमाथि आक्रमण गरेको थियो।
पुटिनप्रति असामान्य आलोचनात्मक टिप्पणी गर्दै ट्रम्पले रुसी राष्ट्रपतिले ‘सम्झौता गर्नुपर्छ’ भनेका थिए। उनले भने, ‘मलाई लाग्छ, उहाँले सम्झौता नगरी रुसलाई नष्ट गरिरहनुभएको छ।’
युक्रेनी राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले आफूलाई युद्ध अन्त्य गर्न शान्ति सम्झौता चाहेको बताएको ट्रम्पले बताए।