जिल्ला प्रहरी परिसर, काठमाडौंको प्रवक्तामा डिएसपी पूर्णिमा चन्दले जिम्मेवारी पाएकी छिन्। परिसरले बुधबारदेखि उनलाई सो जिम्मेवारी दिएको हो। डिएसपी चन्द परिसरको प्रशासन शाखामा कार्यरत छिन्।
यसअघि उनी काठमाडौंको स्वयम्भू वृत्तको प्रमुख थिइन्। वृत्त इन्चार्ज हुँदा उनी ‘पुलिस अफ द मन्थ’ बनेकी थिइन्।
परिसरको प्रवक्ता रहेका एसपी नवराज अधिकारी एसएसपीमा बढुवा भएपछि डिएसपी चन्दलाई प्रवक्ताको जिम्मेवारी दिइएको हो।