मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ माघ ९ बुधबार
  • Wednesday, 22 January, 2025
२o८१ माघ ९ बुधबार २o:o२:oo
Read Time : < 1 मिनेट
अर्थ

नेपालगन्जमा भाेलिदेखि प्रादेशिक महोत्सव

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ माघ ९ बुधबार २o:o२:oo

नेपालगन्जमा १०-२२ माघसम्म प्रादेशिक महोत्सव हुने भएको छ। स्थानीय उत्पादनको बजारीकरण, प्रवर्द्धन र विकासका लागि महोत्सव आयोजना गर्न लागेको नेपालगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष टंकबहादुर धामीले बताए। 

महोत्सवमा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा उत्पादित खाद्य वस्तु, जडीबुटी, कृषि, पर्यटन, अटोमोबाइल्सका गरी तीन सय ५० वटा स्टल हुनेछन्। महोत्सवको पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उद्घाटन गर्ने तय भएको नेपालगन्ज उद्योग वाणिज्य संघले जनाएको छ।

महोत्सवमा एक करोड रुपैयाँ खर्च हुने र करिब ५० लाख आम्दानी हुने आयोजकको अनुमान छ। ‘करिब तीन लाखजनाले महोत्सव अवलोकन गर्ने अपेक्षा गरिएको छ,’ अध्यक्ष धामीले भने।

महोत्सवमा राष्ट्रिय तथा स्थानीय कलाकारले गीत, नृत्य, प्रत्यक्ष दोहोरी र हास्यव्यंग्यसहित सांस्कृतिक प्रस्तुति रहने सांस्कृतिक समितिका संयोजक मख्खन धामीले बताए। 
महोत्सव अवलोकन गर्न विद्यार्थीलाई ७० र सर्वसाधारणका लागि सय रुपैयाँ प्रवेश शुल्क निर्धारण गरिएको छ। नेपालगन्ज उद्योग वाणिज्य संघले यसअघि पनि महोत्सव गर्दै आएको छ।