मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ माघ ९ बुधबार
  • Wednesday, 22 January, 2025
नयाँ पत्रिका काठमाडौं
२o८१ माघ ९ बुधबार १९:५o:oo
Read Time : < 1 मिनेट
समाचार

नेपाली खो खो टोलीलाई राष्ट्रिय स्वतन्त्र पार्टीको सम्मान

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ माघ ९ बुधबार १९:५o:oo

भारतमा हालै सम्पन्न प्रथम खो खो विश्व कपमा उपविजेता बनेको नेपाली पुरुष तथा महिला टोलीका खेलाडीलाई राष्ट्रिय स्वतन्त्र पार्टीले सम्मान गरेको छ। रास्वपाको युवा तथा खेलकुद विभागले आज दुवै टोलीलाई पार्टी कार्यालय, वनस्थलीमा निम्त्याएर विश्व कपमा उत्कृष्ट प्रदर्शनका लागि सम्मान गरेको हो।

सम्मान कार्यक्रममा दुवै टोलीका खेलाडी, प्रशिक्षक र सदस्य उपस्थित थिए। कार्यक्रममा पार्टीका कार्यबाहक सभापति डिपी अर्याल, उपसभापति डा. स्वर्णिम वाग्ले, कार्यबाहक महामन्त्री कवीन्द्र बुर्लाकोटी, प्रतिनिधिसभा सदस्य विराजभक्त श्रेष्ठ, केन्द्रीय सदस्य विजय जैरू, विभागका सचिव पुरुषोत्तम पोखरेल, सदस्य ई. जगदीश खरेललगायत नेताको उपस्थिति थियो।

कार्यक्रमका वक्ताले नेपाली खेलकुदले अन्तर्राष्ट्रिय क्षेत्रमा पुर्‍याएको योगदानको प्रशंसा गर्दै खेलाडीको थप प्रोत्साहन र अवसरका लागि राष्ट्रिय स्वतन्त्र पार्टी सधैँ प्रतिबद्ध रहने बताए। नेपाली टोलीले देखाएको उत्कृष्ट प्रदर्शनले देशको प्रतिष्ठा अन्तर्राष्ट्रियस्तरमा उच्च बनाएकोमा पार्टीका नेताहरूले खेलाडीलाई बधाई दिएका थिए। खेलाडीका प्रतिनिधि वक्ताले प्रोत्साहन गरिएकोमा आभार व्यक्त गर्दै रास्वपाले सकारात्मक सन्देश दिएको बताएका थिए।