मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ माघ ६ आइतबार
  • Sunday, 19 January, 2025
नयाँ पत्रिका काठमाडौं
२o८१ माघ ६ आइतबार १३:o१:oo
Read Time : < 1 मिनेट
समाचार

पूर्वडिआइजी जोशी काठमाडौं जिल्ला अदालतमा हाजिर 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ माघ ६ आइतबार १३:o१:oo

स्वर्णलक्ष्मी सहकारीको ठगी मुद्दामा प्रतिवादी रहेका पूर्वडिआइजी छविलाल जोशी आइतबार बिहान जिल्ला अदालत, काठमाडौंमा उपस्थित भएका छन्। सो सहकारी हिनामिनाका प्रमुख नाइके रहेका जिबी राईका विभिन्न कम्पनीमा पूर्वसाझेदार रहेको आधारमा उनीविरुद्ध मुद्दा दायर भएको हो। 

यसअघि कास्की प्रहरीले तीन महिना थुनामा राखेर उनीविरुद्ध मुद्दा दायर गरेको थियो। जसमा उनी धरौटीमा छुटेका छन् । अन्य जिल्लामा आफैँ उपस्थित हुने सर्तमा उनी छुटेका हुन्। 

उनीविरुद्ध अन्य जिल्लामा पनि मुद्दा दायरको तयारी भइरहेको छ । जोशी नेचर हर्ब्स तथा गोर्खा मिडियाका पनि पूर्वसञ्चालक हुन्। 

अदालतका अनुसार न्यायाधीश ठाकुरप्रसाद खरेलको इजलासमा उनको बयान भइरहेको छ। बयानपछि थुनछेक बहस सुरु हुनेछ। 

छुटाउनुभयो की ?