मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ माघ ६ आइतबार
  • Sunday, 19 January, 2025
बन्धकको रिहाइका लागि गाजापट्टीमा भएको प्रदर्शन
२o८१ माघ ६ आइतबार १५:३o:oo
Read Time : < 1 मिनेट
विश्व डिजिटल संस्करण

हमासले रिहा हुने तीन बन्धकको नाम सार्वजनिक गर्‍याे

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ माघ ६ आइतबार १५:३o:oo

प्यालेस्टिनी इस्लामिक समूह (हमास)को सशस्त्र शाखाले आइतबार युद्धविराम सम्झौताअन्तर्गत रिहा हुने पहिलो तीन महिला बन्धकको नाम सार्वजनिक गरेको छ।

‘सम्झौताको एक भागको रूपमा, इज्जेदिन अल–कासम ब्रिगेडले आज (आइतबार) निम्न इजरायली कैदीहरू डोरोन स्टेनब्रेकर, एमिली डामारी र रोमी गोनेनलाई रिहा गर्ने निर्णय गरेको छ,’ बन्धक महिलाहरूको नाम सार्वजनिक गर्दै समूहले जारी गरेको विज्ञप्तिमा भनिएको छ।

त्यसमा एकजना ३१ वर्षकी भेटेरेनरी नर्स, सुपरनोभा फेस्टिभलका क्रममा बन्धक बनाइएकी २४ वर्षकी युवती र ब्रिटिस इजरेली दोहोरो नागरिकता रहेकी २८ वर्षकी युवती रहेको जनाइएको छ।

यसअघि, इजरायलले स्थानीय समयअनुसार ८ः३० मा सुरु हुने भनिएको युद्धविराम रिहा हुनेहरूको सूची इजरायलले प्राप्त नगरेसम्म सुरु नहुने बताउँदै गाजाका विभिन्न भागमा चेतावनीवरूप कारबाही जारी गरेको थियो। 

यसैबिच हमास नेतृत्वको ‘सिभिल डिफेन्स एजेन्सी’ले आइतबार बिहानबाट युद्धविराम सुरु हुने भनिएको समययता इजरायली हवाई आक्रमणमा दशजना मारिएको बताएको छ।

उक्त निकायका प्रवक्ता मोहमद बासालका अनुसार ६ जना गाजामा मारिएका थिए भने तीनजना उत्तरमा र एकजना रफाहमा मारिनुका साथै विभिन्न स्थानमा गरी थप २५ जना घाइते भएका छन्।

यसअघि, इजरायली सेनाले प्रधानमन्त्री बेन्जामिन नेतन्याहुको निर्देशन भन्दै युद्धविराम सुरु नभएसम्म गाजामा सैन्य कारबाही जारी राख्ने बताएको थियो।प्रधानमन्त्री नेतन्याहुले आइतबार रिहा गर्ने भनिएका पहिलो तीन बन्धकको नाम हमासले सार्वजनिक नगरेसम्म युद्धविराम सुरु नगर्न सेनालाई आदेश दिएका थिए। रासस

छुटाउनुभयो की ?