मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ माघ ६ आइतबार
  • Sunday, 19 January, 2025
नयाँ पत्रिका काठमाडौँ
२o८१ माघ ६ आइतबार १४:५३:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

अनुगमन तथा मूल्यांकन समितिद्वारा सरकारको ध्यानाकर्षण

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौँ
नयाँ पत्रिका
२o८१ माघ ६ आइतबार १४:५३:oo

राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन, अनुगमन तथा मूल्यांकन समितिले ‘आर्थिक वर्ष ०८०/८१’ को प्रतिवेदन सार्वजनिक गर्न ढिलाइ भएकोप्रति सरकारको ध्यानाकर्षण गराएको छ । 

समितिको आजको बैठकले संविधानको धारा ४३ एवं सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ को दफा ४१ बमोजिम आर्थिक वर्ष सकिएको ६ महिनासम्म पनि सरकारले आव ०८०/८१ को प्रतिवेदन सार्वजनिक नभएको भन्दै सरकारको ध्यानाकर्षण गराएको हो ।  

सांसद हितराज पाण्डेले आर्थिक वर्ष ०८०/८१ को प्रतिवेदनबारे कानुनमा के व्यवस्था छ त्यसबारे समिति सबैभन्दा पहिले जानकार हुनुपर्नेमा जोड दिए । सांसद दिलेन्द्र बडूले संविधान निर्माण भएको नौ वर्षमा कतिवटा कानुन निर्माण भए र निर्माण हुन बाँकी कानुनबारे पनि समिति केन्द्रित हुनुपर्नेमा जोड दिए ।

सांसद सन्तोष परियारले समितिको बैठकमा प्रधानमन्त्री वा मन्त्री नै सहभागी हुनुपर्ने बताए । मुख्यसचिव एकनारायण अर्यालले प्रधानमन्त्री वा सम्बन्धित मन्त्रीलाई समितिमा उपस्थित गराउनेबारे समन्वय गर्ने प्रतिबद्धता व्यक्त गरे।     
 

छुटाउनुभयो की ?