मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ माघ १ मंगलबार
  • Tuesday, 14 January, 2025
२o८१ माघ १ मंगलबार oo:o७:oo
Read Time : < 1 मिनेट
विश्व

थाइल्यान्ड सरकारले क्यासिनो सञ्चालन गर्न दिने 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ माघ १ मंगलबार oo:o७:oo

थाइल्यान्डको मन्त्रिपरिषद्ले पर्यटन प्रवर्द्धन र रोजगारी सिर्जनाका लागि तोकिएका ‘मनोरञ्जन कम्प्लेक्स’मा जुवालाई वैधानिकता दिने विवादास्पद विधेयकलाई सोमबार अनुमोदन गरेको छ ।

प्रस्तावित कानुनले पर्यटन परिसरभित्र क्यासिनो स्थापना गर्न अनुमति दिनेछ जसमा थिमपार्क, वाटरपार्क, होटेल र सपिङ मलहरू पनि समावेश हुनेछन्। पर्यटकीय देश थाइल्यान्डमा हालसम्म क्यासिनो अवैध छ ।

छिमेकी कम्बोडिया, लाओस र म्यानमारमा छायादार क्यासिनो कम्प्लेक्सहरू खुले पनि बौद्ध बहुल थाइल्यान्डमा कन्जरभेटिभ शक्तिहरूले जुवालाई वैधता दिने कदमको लामो समयदेखि विरोध गर्दै आएका छन्। 

लागुऔषध तथा अपराधसम्बन्धी संयुक्त राष्ट्रसंघीय कार्यालयले गत वर्ष सार्वजनिक गरेको एक प्रतिवेदनमा दक्षिणपूर्वी एसियाका क्यासिनोहरू ‘संगठित अपराधले प्रयोग गर्ने बैंकिङ संरचनाका आधारभूत टुक्राहरू’ भएको चेतावनी दिएको थियो। हाल, थाइल्यान्डमा जुवा केही राज्यद्वारा सञ्चालित घोडादौड र आधिकारिक चिट्ठामा मात्र कानुनी मानिन्छ, तर अवैध सट्टेबाजी व्यापक छ।

प्रधानमन्त्री पेटोङ्टार्न सिनावात्राले पत्रकारहरूसँग विधेयकबारे भनिन्, ‘यसको उद्देश्य राजस्व बढाउनु, थाइल्यान्डमा लगानीलाई समर्थन गर्नु र अवैध जुवाको समाधान गर्नु हो।’

संसदमा सांसदहरूले छलफल र मतदान गर्नुअघि यो विधेयक मस्यौदाका लागि राज्य परिषद्को कार्यालयमा जानेछ र यो प्रक्रियाका लागि महिनौँ लाग्नेछ । 

थाइल्यान्डको महत्त्वपूर्ण पर्यटन उद्योगलाई तहसनहस बनाएको कोभिड– १९ महामारीका अन्त्यसँगै थाइल्यान्डले चिनियाँ र भारतीय यात्रीहरूका लागि भिसा आवश्यकताहरू कटौती गर्नेजस्ता अधिक आगन्तुकहरूलाई आकर्षित गर्न धेरै रणनीतिहरू सुरु गरेको छ । 

उपअर्थमन्त्री जुलापुन अमोर्नभिभाटले क्यासिनो सञ्चालनबाट अन्ततः पर्यटकको संख्यामा ५–१० प्रतिशतले वृद्धि गर्ने र एक लाख ५० सम्म नयाँ रोजगारीको अवसर सिर्जना गर्ने  बताए।