मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ पौष २९ सोमबार
  • Tuesday, 14 January, 2025
२o८१ पौष २९ सोमबार ११:३७:oo
Read Time : < 1 मिनेट
मल्टिमिडिया डिजिटल संस्करण

काठमाडौं महानगरका साना गल्लीमा ड्राइराइजरको परीक्षण गरिँदै (फोटोफिचर)

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ पौष २९ सोमबार ११:३७:oo

काठमाडौं उपत्यकाका कतिपय भित्री गल्ली दमकल र एम्बुलेन्स छिर्न नसक्ने किसिमका छन् । साँघुरा गल्लीमा आगलागी वा अन्य विपतजन्य घटना हुँदा नियन्त्रण कठिन हुने गरेको छ । त्यसैले काठमाडौं महानगरपालिकाका साना गल्लीहरूमा ड्राइराइजरको परीक्षण गरिएको छ । दमकल प्रवेश गर्न नसक्ने साँघुरा गल्लीहरूमा आगलागी भएमा कसरी आगलागी नियन्त्रण गर्ने भन्ने सम्बन्धमा जुद्ध बारुणका बारुण नियन्त्रकहरूले यसको परीक्षण गरेका हुन् । 

बारुण नियन्त्रकहरूले काठमाडौंको मैजुवहाल, महाँकाल क्षेत्रमा आज यसको परीक्षण गरेका छन्। दमकल जान नसक्ने साना ठाउँ तथा गल्लीहरूमा काठमाडौं महानगरपालिकाकाले ड्राइराइजरको विस्तार गरेको छ ।  भित्री गल्लीमा पाइपबाट दमकलको पानी पठाउने गरी तयार पारेको संरचनालाई ‘ड्राइराइजर’ भनिन्छ । यसलाई सामान्य भाषामा पाइपलाइन भनेर बुझ्दा पनि हुन्छ ।

हेर्नुहोस् केही तस्बिर :