मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ माघ १ मंगलबार
  • Tuesday, 14 January, 2025
नयाँ पत्रिका काठमाडौं
२o८१ माघ १ मंगलबार १६:३६:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

‘आवाज मञ्च’ नामक स्पिच कम्पिटिसन गर्दै लियो क्लब अफ काठमाडौं सौहार्द 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ माघ १ मंगलबार १६:३६:oo

लियो क्लब अफ काठमाडौं सौहार्दले ‘आवाज मञ्च’ नामक स्पिच कम्पिटिसन आयोजना गर्ने भएको छ ।शनिबार बसेको सौहार्दको कार्यसमिति बैठकले मार्च ८, २०२५ अर्थात् १४ फागुन ०८१ को दिन उक्त स्पिच कम्पिटिसन आयोजना गर्ने निर्णय गरेको हो । लियो क्लबले अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा यस्तो कार्यक्रम गर्न लागेको हो ।

लियो क्लब अफ काठमाडौं सौहार्दले विभिन्न ६ वटा विषयवस्तुमा केन्द्रित भएर स्पिच कम्पिटिसन आयोजना गर्ने जनाएको छ । लियो क्लबले प्रतियोगितामा महिला सशक्तीकरण, शिक्षा, बेरोजगारी, वित्तीय तथा कानुनी साक्षरता, दिगो विकास र व्यापार, व्यवसायलगायतकाका विषय समावेश गर्ने जनाएको छ । 

प्रतियोगितामा सहभागी हुनका लागि इच्छुकले लियो क्लब अफ काठमाडौ सौहार्दको आधिकारिक फेसबुक पेजमार्फत अनलाइन आवेदन पेस गर्न सक्नेछन् । माघ २ गते देखि माघ २८ गतेसम्म अनलाइन आवेदन भर्न सकिनेछ । यसका लागि प्रतिव्यक्ति एक सय रुपैयाँका दरले शुल्क लाग्नेछ । क्लबका अनुसार प्रतियोगितामा विजयी हुनेलाई पुरस्कारस्वरूप मेडल, प्रमाणपत्रका साथै विजेताका लागि रु. ५० हजार र उपविजेताका लागि रु. ३० हजार नगद राशिको पनि व्यवस्था गरिएको जनाएको छ । 

लियो क्लब अफ काठमाडौं सौहार्दले पछिल्लो तीन वर्षदेखि लगातार यस्तो कार्यक्रम गर्दै आएको छ। जसमा विभिन्न विद्यालयका विद्यार्थी र देशभरका लियो सदस्यको सहभागिता रहेको सौहार्दले जनाएको छ । त्यसैले लियो क्लब अफ काठमाडौं सौहार्दले यस वर्ष पनि विभिन्न विद्यालयका विद्यार्थी, युवा तथा लियो सदस्यहरूले प्रतियोगितामा भाग लिने विश्वास लिएको छ ।