मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ माघ १ मंगलबार
  • Tuesday, 14 January, 2025
नयाँ पत्रिका काठमाडौं
२o८१ माघ १ मंगलबार १७:१८:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार

विशेष अदालतका तीन फैसलाविरुद्ध अख्तियार सर्वोच्चमा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ माघ १ मंगलबार १७:१८:oo

विशेष अदालतले गरेका तीन फैसलाउपर अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्वाेच्च अदालतमा पुनरावेदन गरेको छ। 

श्यामकिशोर रायसमेत रहेको भ्रष्टचार मुद्दामा विशेष अदालतबाट भएको फैसलाउपर चित्त नबुझेको भन्दै सर्वोच्च अदालतमा पुनरावेदन गरेको छ। 

 विशेष अदालतले सर्लाहीको कविलासी नगरपालिका–८ स्थित अधुरो अवस्थामा रहेको रामजानकी मन्दिर निर्माणका सम्बन्धमा सरकारी स्रोतको पैसा दुरुपयोग भएको सन्दर्भमा आयोगको निर्णय कानुनसम्मत नभएको फैसला सुनाएको थियो। आयोगले श्यामकिशोर राय, रामविनयप्रसाद यादव र अशोककुमार दासविरुद्ध मुद्दा दायर गरेकोमा उनीहरूले सफाइ पाएका थिए।

यस्तै, प्रतिवादी सचिनकुमार भदैसवार रहेको भ्रष्टाचार मुद्दामा पनि विशेष अदालतले गरेको फैसलामा चित्त नबुझाई आयोगले सर्वोच्च अदालतमा पुनरावेदन गरेको छ। विशेषले भदैसवारको मुद्दामा २०८० चैत २५ गते फैसला गरेको थियो। नौ हजार घुससहित पक्राउ परेका प्रहरीका असइलाई आयोगले रंगेहात पक्राउ गरेको थियो। पछि घुस दिने व्यक्तिले अदालतमा गएर फरक बकपत्र दिएपछि असइले सफाइ पाए। त्यसरी बाझिने बकपत्र दिने व्यक्तिलाई पनि अख्तियारले मुद्दा चलाएकोमा उनले सफाइ पाएका थिए। घुससहित पक्राउ परेका असइ र घुस दिने व्यक्तिविरुद्ध छुट्टाछुट्टै पुनरावेदन दर्ता भएको छ। 

विशेष अदालतले गरेको फैसला चित्त नबुझेको भन्दै आयोगले पछिल्ला दिनमा नियमित सर्वोच्चमा पुनरावेदन गर्दै आएको छ।