मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ माघ १ मंगलबार
  • Wednesday, 15 January, 2025
२o८१ माघ १ मंगलबार २३:o३:oo
Read Time : > 1 मिनेट
समाचार

नेपालमा लगानी बढाउन शेखर कोइरालाको आग्रह

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ माघ १ मंगलबार २३:o३:oo

कांग्रेस नेता डा. शेखर कोइरालाले नेपालमा लगानी बढाउन बेलायत सरकारलाई आग्रह गरेका छन् । बेलायतको संसद् भवन (वेस्ट मिन्स्टर) मा सोमबार राति आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले दुई देशबिचको ऐतिहासिक सम्बन्धको सामाजिक, सांस्कृतिक तथा आर्थिक र रणनीतिक महत्व र सम्बन्धलाई थप प्रगाढ बनाउन आवश्यक रहेको औँल्याए ।

‘नेपालको जलविद्युत्, पर्यटन, कृषि तथा वनजन्य उद्यमको अपार सम्भावना अनि हाम्रा इमानदार र परिश्रमी कामदारका कारण नेपाल वैदेशिक लगानीको लागि अत्यन्त सम्भावना भएको क्षेत्रमा पर्दछ । नेपाल सरकारले वैदेशिक लगानीमैत्री वातावरण बनाएको छ । नेपालमा बेलायती लगानी राम्रो भए पनि अझ यसमा धेरै वृद्धि गर्न सकिन्छ,’ कोइरालाले भने, ‘नेपाल विश्वका दु्रतगतिमा आर्थिक विकास गरिरहेका र ठुला बजार भएका दुई देशका बिचमा अवस्थित छ । ती दुवै देशले हामीलाई व्यापारमा धेरै सुविधा दिन्छन् । यस्तो अवस्थामा बेलायती प्रविधिको सहयोगमा हामीले विभिन्न क्षेत्रमा मिलेर काम गर्न सक्छौँ । तसर्थ, म स्वच्छ ऊर्जा, पर्यटन, जलविद्युत्, कृषि र प्रविधिलगायतका अन्य क्षेत्रमा नेपालमा लगानी गर्न यहाँका उद्यमीहरूमा आग्रह गर्न चाहन्छु ।’ 

कोइरालाका स्वकीय सचिव दिनेशचन्द्र थपलियाका अनुसार ‘नेपाल–बेलायत सम्बन्ध र भविष्यका अपेक्षाहरू’ शीर्षकमा उनले दुई शताब्दी लामो दुई देशबिचको सम्बन्धका महŒवबारे धारणा राखेका थिए । उनले नेपाल धेरै व्यापार घाटामा रहेको बताउँदै नेपाली उत्पादनहरूको उपलब्धता बेलायती बजारमा बढाउनुपर्ने भनाइ राखे । हालसम्म पनि बेलायती प्रधानमन्त्रीले नेपाल भ्रमण नगरेको स्मरण गराउँदै कोइरालाले समय–समयमा दुई देशबिच उच्चस्तरीय भ्रमण आवश्यक रहेको औँल्याए । ‘वेला–वेलाका उच्चस्तरीय राजकीय र सरकारी भ्रमणहरू, व्यावसायिक, व्यापारिक र सांस्कृतिक आवतजावतले सम्बन्ध, सहयोग र विश्वास अझ बढाउन मद्दत गर्दछ । दुई देशका सांसदहरूको भ्रमणको आदानप्रदान हाम्रोजस्तो बहुआयामिक सम्बन्धमा महत्वपूर्ण हुन्छ,’ उनले भने, ‘दुई सय वर्षको अवधिमा कुनै बेलायती प्रधानमन्त्रीले नेपाल भ्रमण गर्नुभएको छैन । अत्यन्त द्रुतगतिमा परिवर्तन भइरहेको विश्वमा हाम्रोजस्तो सम्बन्ध भएका दुई देशका लागि प्रधानमन्त्रीको यो बहुप्रतिक्षीत भ्रमणले फलदायी सन्देश दिनेछ ।’

कोइरालाले नेपालले सामना गरिरहेको विश्व वातावरणीय प्रभावको न्यूनीकरण र वित्तपोषणका लागि बेलायती सहयोगको अपेक्षा राखे । गोर्खा सैनिकको जायज माग सम्बोधनलाई ढिलाइ नगर्नसमेत उनको आग्रह थियो । उनी बेलायतको एसिया मामिला हेर्ने विदेश राज्यमन्त्री क्याथराइन वेस्ट र उद्योग व्यापार वाणिज्यमन्त्री ग्यारेथ थोमसको निमन्त्रणामा लन्डन गएका हुन् । कार्यक्रममा विदेश राज्यमन्त्री वेस्ट, उद्योग व्यापार वाणिज्यमन्त्री थोमससहित बेलायती सांसदहरूको उपस्थिति थियो ।