मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ पौष १९ शुक्रबार
  • Sunday, 05 January, 2025
नयाँ पत्रिका काठमाडौं
२o८१ पौष १९ शुक्रबार १५:२९:oo
Read Time : > 1 मिनेट
अर्थ डिजिटल संस्करण

नेपाल लाइफले सार्वजनिक गर्‍याे ‘नेपाल लाइफ रक्षा कवच जीवन बिमा’ योजना

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ पौष १९ शुक्रबार १५:२९:oo

नेपाल लाइफ इन्स्योरेन्सले नेपाल लाइफ रक्षा कवच जीवन बिमा योजना सार्वजनिक गरेको छ । न्यूनतम बिमा शुल्कमा उच्चतम सुरक्षा प्रदान गर्ने अभिप्रायका साथ आज पुस १८ गते काठमाडौंमा आयोजित एक विशेष समारोहबिच कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीणरमण पराजुलीले उक्त बिमा योजना सार्वजनिक गरेका हुन् ।

एक निश्चित अवधिका लागि सुरक्षा प्रदान गरी दुर्भाग्यपूर्ण घटनाको अवस्थामा आफ्नो परिवारका लागि आर्थिक सुरक्षा, सुनिश्चितता प्रदान गर्ने नेपाल लाइफ रक्षा कवच जीवन बिमा योजना (मुनाफामा सरिक नहुने) म्यादी जीवन बिमा हो । यसको न्यूनतम बिमांक रकम रु. ५,००,००० (पाँच लाख) र अधिकतम बिमांक रकम रु. १,००,००,००० (एक करोड) रहेको छ । यस योजनामा सरिक हुन बिमितको उमेर न्यूनतम १८ वर्ष र अधिकतम ५९ वर्ष हुनुपर्नेछ ।

बिमा अवधि न्यूनतम एक वर्षदेखि अधिकतम ३५ वर्षसम्म हुनेछ भने बिमा समाप्तिमा बिमितको अधिकतम उमेर ६० वर्ष रहेको छ । यस योजनामा ऐच्छिक सुविधा पनि न्यूनतम पाँच वर्षदेखि अधिकतम ३५ वर्ष अवधिसम्म लिन सकिनेछ । यस योजनाअन्तर्गत बिमा अवधिभित्र जुनसुकै समयमा बिमितकोे मृत्यु भएमा बिमांक रकम भुक्तानी गरिनेछ र बिमालेख स्वतः  अन्त्य हुनेछ ।

कार्यक्रममा बोल्दै यस कम्पनीका प्रमुख कार्यकारी अधिकृत पराजुलीले यो योजना सार्वजनिक गर्न पाउँदा खुसीको आभास भएको बताए । सामान्य सिद्धान्तअनुसार आम्दानीको १५ गुणासम्मको बिमा लिनु नितान्त आवश्यक रहेको विचार व्यक्त गरे ।

जोखिम बहनलाई मुख्य प्राथमिकतामा राख्दै यो म्यादी जीवन बिमा योजना सार्वजनिक गरिएको बताए । यो पोलिसीलाई मूल पोलिसीमा गाभेर बिमितलाई दिन सकिए सानो रकममा ठुलो जोखिम बहन हुने बताए । सम्पूर्ण अभिकर्तालाई सहजताका साथ यसलाई बजारीकरण गर्न आग्रह गरे । कोर प्रोडक्टसँगै गाभेर बजारमा पस्किएको यो योजना एकदमै प्रभावकारी र उत्तम रहेको र नेपाली बिमा उद्योगमा यो योजना कोसेढुंगा साबित हुनेमा आफू विश्वस्त रहेको जनाए । यस योजनाको उद्देश्यलाई मूर्तता प्रदान गर्न समस्त अभिकर्ता तथा कर्मचारीहरूलाई अग्रसरताका साथ अगाडि लम्कन आग्रह गरे ।

यस कम्पनीका नेसनल सेल्स हेड उमापति पोखरेलले थोरै बिमाशुल्कमा धेरै जोखिम बहन हुने बताए । यस बिमा योजना छुट्टै बिमालेखको रूपमा पनि लिनुका साथसाथै अन्य ६ वटा योजनामा पूरक करार सुविधाको रूपमा पनि लिन सकिने हुँदा यसको फाइदा उठाउन सबैमा आग्रह गरे ।