नेपाल क्रिकेट संघ क्यानको आयोजनामा आइतबारदेखि सुरु भएको जय ट्रफी मेन्स एलिट कप २०८१ को पहिलो खेलमा विभागीय टोली त्रिभुवन आर्मीले १२१ रन बनाएको छ ।
विभागीय टोली नेपाल पुलिसविरुद्ध टस हारेर पहिले ब्याटिङ गरेको त्रिभुवन आर्मीले ३४.४ ओभरमा अलआउट हुँदै १२१ रन बनाएको हो ।
वीरगन्जको नारायणी रंगशालामा सुरु भएको खेलमा आर्मीका लागि कुशल मल्लले २५ रन, भीम सार्कीले २२ रन, विनोद भण्डारीले २१, बसिर अहमदले १२ रन, सोमपाल कामीले पाँच रन र सन्तोष कार्कीले एक रन बनाएका छन् ।
यस्तै, पहिलो खेलमा नेपाल पुलिस क्लबका लागि ललित राजवंशीले एक्लै १७.४ ओभरमा सात विकेट लिएका हुन् ।त्यस्तै, रसिद खान, श्रवन यादव र कुशल भुर्तेलले पनि एक–एक विकेट लिएका थिए । पहिलो खेलमा दुई विभागीय टोलीहरू नेपाल पुलिस र नेपाल आर्मी प्रतिस्पर्धा गरिरहेका छन् ।