मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ पौष २१ आइतबार
  • Tuesday, 07 January, 2025
२o८१ पौष २१ आइतबार १५:५७:oo
Read Time : < 1 मिनेट
अर्थ डिजिटल संस्करण

नेप्से सामान्य अंकले बढ्यो

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ पौष २१ आइतबार १५:५७:oo

यो साता कारोबारको पहिलो कारोबार दिन नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक सामान्य अंकले बढेको छ । आज नेप्से परिसूचक ५.३२ अंकले बढेर दुई हजार ५९१.५६ को विन्दुमा कायम भएको हो ।

आज ३२७ कम्पनीका ९३ लाख ८६ हजार ७२१ कित्ता सेयर ६१ हजार १६७ पटक खरिद–बिक्री हुँदा रु. चार अर्ब ८६ करोड दुई लाख एक हजार ९७४ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ । आजको कारोबारमा बैंकिङ ०.५५, वित्त १.०४, उत्पादन तथा प्रशोधन ०.६०, लघुवित्त ०.१४ र म्युचुअल फन्ड ०.७४ प्रतिशतले घटेको छ । अरू सबै समूहको उपसूचक बढेको छ ।

विकास बैंक ०.०२, होटेल तथा पर्यटन ०.६०, जलविद्युत् १.६७ र लगानी समूह ०.३९ प्रतिशतले बढेको छ । त्यस्तै, जीवन बिमा ०.२७, निर्जीवन बिमा ण.०४, व्यापार १.१४ र अन्य समूह ०.१० प्रतिशतले बढेको छ । तीनवटा कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ ।

उपकार लघुवित्त वित्तीय संस्था लिमिटेड, दोर्दीखोला जलविद्युत् कम्पनी लिमिटेड र ग्रिन भेन्चर्स लिमिटेडको सेयर मूल्य १० प्रतिशतले बढेको हो । नारायणी डेभलपमेन्ट बैंक लिमिटेडको सेयर मूल्य ८.८८ प्रतिशतले घटेको छ । कारोबार रकमका आधारमा आज सबैभन्दा धेरै जानकी फाइनान्स कम्पनी लिमिटेडको रु. १९ करोड नौ लाख ५० हजारबराबरको कारोबार भएको छ । कारोबार भएका सेयर संख्याका आधारमा भने सबैभन्दा धेरै प्रभु बैंक लिमिटेडको तीन लाख ८३ हजार ५०६ कित्ता सेयर किनबेच भएको छ ।