मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ पौष २१ आइतबार
  • Tuesday, 07 January, 2025
नयाँ पत्रिका काठमाडौं-
२o८१ पौष २१ आइतबार १५:१२:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

यस्तो छ अध्यक्ष ओलीको राजनीतिक प्रतिवेदन (पूर्णपाठ)

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं-
नयाँ पत्रिका
२o८१ पौष २१ आइतबार १५:१२:oo

नेकपा एमालेका अध्यक्ष केपी ओलीले आइतबारदेखि सुरु भएको केन्द्रीय कमिटी बैठकमा ४७ पृष्ठ लामो राजनीतिक प्रतिवेदन पेस गरेका छन् ।

आइतबारदेखि च्यासलमा सुरु भएको एमालेको केन्द्रीय कमिटी बैठकमा प्रस्तुत प्रतिवेदनमा नयाँ राजनीतिक कोर्स, एमाले र नेपाली काग्रेस गठबन्धनको आवश्यकता, औचित्य र अवसर, गठनबन्धन सरकारपछिका ६ महिनाबारे समीक्षा गरिएको छ।

त्यसैगरी राजनीतिक अस्थिरता, अराजकता, प्रायोजित निराशाका प्रयास, बदलिँदो विश्व परिवेश र नेपालको पराराष्ट्र नीति, उपनिर्वाचनको समीक्षा र निर्णायक राष्ट्रिय शक्तिको निर्माण आदि विषयवस्तु प्रतिवेदनमा समेटिएका छन्।

ओलीले प्रतिवेदनमा नयाँ सरकार गठनपछि राजनीतिक स्थायित्वको सन्देश मिलेको निष्कर्ष निकालेका छन् । त्यसैगरी साझा नीतिगत प्रतिबद्धता र संकल्प जारी भएको, सरकार सञ्चालनमा सहजीकरणका लागि आवश्यक संरचना बनाइएको, अर्थतन्त्रमा सुधार भएको, संक्रमणकालीन न्यायसम्बन्धी कानुन पारित भएको, राष्ट्रिय हितको रक्षा र सन्तुलित बाह्य सम्बन्ध कायम गरिएको जिकिर पनि ओलीले प्रतिवेदनमा गरेका छन् ।

प्रतिवेदनमा सहकारी क्षेत्रको बेथितिमाथि हस्तक्षेप गरी बचतकर्तालाई न्याय तथा अनियमिततामा संलग्नलाई सजाय दिन थालिएको पनि प्रतिवेदनमा उल्लेख गरिएको छ ।

गत असार ३० गते प्रधानमन्त्रीमा नियुक्त भएका ओलीले १० महिनापछि बसेको केन्द्रीय कमिटी बैठकमा विकास निर्माणले गति लिएको कुरालाई पनि मुख्य उपलब्धिका रूपमा प्रस्तुत गरेका छन् ।