मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ पौष ६ शनिबार
  • Saturday, 21 December, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ पौष ६ शनिबार o६:o८:oo
Read Time : < 1 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

सरकारको कामप्रति कांग्रेस महामन्त्री थापा असन्तुष्ट

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ पौष ६ शनिबार o६:o८:oo

प्रमुख सत्तासाझेदार दल कांग्रेसका महामन्त्री गगन थापाले सरकारले अपेक्षाअनुसार काम गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । शुक्रबार कैलाश कोइरालाको ‘शास्त्र’ उपन्यासको विमोचन कार्यक्रमपछि सञ्चारमाध्यमलाई प्रतिक्रिया दिँदै उनले सरकारका कमजोरीमा प्रधानमन्त्री केपी ओली सचेत हुनुपर्ने बताए ।

सरकारका काममा असन्तुष्टि रहे पनि तत्काल सरकारमा फेरबदल भने नहुने उनको भनाइ थियो । ‘सरकार राम्रोसँग चलिराखेको छ । सरकारका आफ्ना कमी–कमजोरीबारे प्रधानमन्त्रीज्यू पक्कै पनि सचेत हुनुहुन्छ । सरकार बनिसकेपछि जुन खालको आशा हो, त्यो भएन । जसरी डेलिभरी हुनुपर्ने हो त्यो डेलिभरी भइरहेको छैन । अहिले सरकारको कुनै फेरबदल हुँदैन । सरकारको कामका विषयमा सबैभन्दा बढी सचेत प्रधानमन्त्री आफैँ रहनुपर्छ, उहाँ हुनुहुन्छ,’ उनले भने । 

महामन्त्री थापाले कांग्रेसमा पछिल्लो समय महाधिवेशन र निर्वाचनको मात्रै चर्चा हुने गरेको र यसले समग्र मुलुकका विषय छायामा पर्ने गरेको बताए । ‘हामी पनि अहिले दुईवटा मात्रै कुरा सोच्न र गर्न थालेका छौँ । पार्टीको महाधिवेशन कहिले हुन्छ र चुनाव हारिन्छ कि जितिन्छ ! कांग्रेसले यति मात्र सोचेर हुँदैन । समाजमा अँध्यारो छ । सबै नागरिकलाई जोडेर त्यसबाट देशलाई उज्यालोतिर लैजानतर्फ लाग्नुपर्छ,’ थापाले भने ।

त्यस्तै, सहकारी प्रकरणमा हिरासतमा रहेका रास्वपा सभापति रवि लामिछानेबारे सोधिएको प्रश्नमा उनले अदालतको प्रक्रियामा रहेको विषयमा आफूले प्रतिक्रिया दिन नमिल्ने बताए ।