साताभरमा सुन तोलामा दुई हजार तीन सय रुपैयाँले सस्तिएको छ । आइतबार सुन तोलामा एक लाख ५० हजार आठ सय रुपैयाँ पुगेको थियो । सोमबार एक लाख ५१ हजार दुई सय रुपैयाँ कायम भएको थियो । मंगलबार एक लाख ५१ हजार चार सय र बुधबार एक लाख ५० हजार सात सय रुपैयाँ पुगेको थियो । बिहीबार सुन घटेर एक लाख ४९ हजारमा सीमित भयो । शुक्रबार थप घटेर सुन एक लाख ४८ हजार पाँच सय रुपैयाँ कायम भएको छ ।
सुन चाँदी व्यवसायी महासंघका अनुसार अन्तर्राष्ट्रिय लगानीकर्ताले नाफा बुक गर्न थालेकाले बजारभाउ बिस्तारै घट्न थालेको हो । त्यसैगरी, १० मंसिरमा सरकारले भन्सार महसुल घटाएपछि भाउ तल आउन थालेको हो ।
साताभरमा चाँदी तोलामा ८० रुपैयाँ घटेको छ । आइतबार प्रतितोला एक हजार आठ सय ४० रुपैयाँ कायम भएको चाँदी सोमबार र मंगलबार स्थिर रह्यो । बुधबार पाँच रुपैयाँले सस्तिएर एक हजार आठ सय ३५ रुपैयाँ कायम भयो । बिहीबार चाँदी तोलामा एक हजार सात सय ८० मा सीमित भयो । शुक्रबार चाँदी तोलामा एक हजार सात सय ६० रुपैयाँमा किनबेच भएको छ ।