मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ पौष ६ शनिबार
  • Saturday, 21 December, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ पौष ६ शनिबार o७:४९:oo
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

फर्मा एन्ड हेल्थ अन्तर्राष्ट्रिय प्रदर्शनी सुरु

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ पौष ६ शनिबार o७:४९:oo

नयाँ प्रविधि र प्रडक्ट भित्र्याउन सहयोग पुग्दै 

औषधोपचार, स्वास्थोपचार तथा फार्मेसीसँग सम्बन्धित ‘नेपाल फर्मा एन्ड हेल्थ अन्तर्राष्ट्रिय प्रदर्शनी’ तथा ‘नेपाल हस्पिटल, सर्जिकल तथा मेडिकल अन्तर्राष्ट्रिय प्रदर्शनी’ काठमाडौंमा सुरु भएको छ । 

मिडिया स्पेस सोलुसन्स, फ्युचरेक्स ट्रेड फेयर्स एन्ड इभेन्ट्स प्रालि र एक्जिबिसन एन्ड ट्रेड सर्भिसेस इन्डिया प्रालिको संयोजकत्वमा शुक्रबारदेखि काठमाडौंको भृकुटीमण्डपमा उक्त प्रदर्शनी सुरु भएको हो । प्रदर्शनी आगामी आइतबारसम्म हुनेछ । शुक्रबार सात हजारभन्दा बढीले मेलाको अवलोकन गरेका छन् । निःशुल्क रूपमा यो मेला अवलोकन गर्न पाइने आयोजकको भनाइ छ ।

प्रदर्शनीमा स्वदेशी तथा विदेशी गरी सयभन्दा बढी कम्पनीहरूका स्टल रहेका छन् । प्रदर्शनीमा ४० प्रतिशत नेपाली कम्पनी छन् । बाँकी ६० प्रतिशत भने चीन, भारत र बंगलादेशका कम्पनी छन् । त्यसमा चीन र भारतबाट धेरै कम्पनीहरू आएको आयोजकको भनाइ छ । मेलामा औषधोपचार, स्वास्थोपचार तथा फार्मेसीसँग सम्बन्धित प्रविधि तथा प्रडक्टहरू प्रदर्शनीमा राखिएको छ । मिडिया स्पेस सोलुसन्सका प्रबन्ध निर्देशक सिर्जल भट्टराईले फर्मा र हेल्थकेयर उद्योगलाई प्रदर्शनी निकै उपयोगी भइरहेको बताए । प्रदर्शनीमा आएका अवलोकनकर्ताले पनि सोहीअनुसारको प्रतिक्रिया दिएको उनले बताए । 

‘यो क्षेत्रमा आएका नयाँ–नयाँ प्रविधि बुझ्न निकै आवश्यक छ । यस्तो प्रदर्शनी हेर्न नेपाली सरोकारवाला पैसा खर्च गरेर विदेश जाने गरेका थिए । अहिले हामीले नेपालमै यस्तो प्रदर्शनी सुरु गरेका छौँ । यसले स्वदेशी तथा विदेशी कम्पनीलाई एउटै ठाउँमा बसेर छलफल गर्ने वातावरण सिर्जना गरेको छ । यस क्षेत्रको प्रविधि, नयाँ प्रडक्ट तथा सेवाबारे बुझ्नका लागि पनि राम्रो अवसर भएको छ,’ उनले भने ।