साताभरमा सेयर बजार परिसूचक नेप्से ८५.४७ अंकले घटेको छ । सोमबार ५१.३७ अंकले घटेको बजार मंगलबार २.९५ अंकले बढेर परिसूचक २६३३.८७ विन्दुमा पुगेको थियो । बुधबार परिसूचक ५.६ अंकले घटेको थियो भने बिहीबार ३१.४३ अंकले घटेर २५९६.८२ विन्दुमा पुगेको हो ।
सोमबारको सेयर कारोबार पाँच अर्ब ७९ करोड रुपैयाँ थियो । त्यसपछि कारोबार संकुचित बन्दै गयो । मंगलबार चार अर्ब २९ करोडमा कारोबार भएको थियो । बुधबार चार अर्ब २१ करोडको कारोबार भएको थियो । बिहीबार चार अर्ब ७० करोडको कारोबार भएको छ ।