मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ पौष ४ बिहीबार
  • Thursday, 19 December, 2024
तस्बिर : दिपेन्द्र ढुंगाना/नयाँ पत्रिका
नयाँ पत्रिका काठमाडौं
२o८१ पौष ४ बिहीबार १५:५८:oo
Read Time : > 1 मिनेट
खेलकुद डिजिटल संस्करण

कर्णालीलाई हराउँदै जनकपुर फाइनलमा

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ पौष ४ बिहीबार १५:५८:oo

जनकपुर बोल्ट्सले नेपाल प्रिमियर लिगको फाइनलमा सुदूरपश्चिम रोयल्ससँगको भेट पक्का गरेको छ। बिहीबार भएको दोस्रो क्वालिफायरमा कर्णाली याक्सलाई दुई विकेटले हराउँदै जनकपुरले फाइनलमा स्थान सुरक्षित गरेको हो।

त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको कर्णालीले नौ विकेट गुमाएर ११९ रनको लक्ष्य प्रस्तुत गरेको थियो। खराब सुरुवात गरेको जनकपुरले मात्र एक ओभर बाँकी रहँदा आठ विकेटको क्षतिमा नाटकीय रूपमा खेलको नतिजा उल्ट्याएको हो।

कर्णालीका लागि अलराउन्डर गुल्सन झाले २० बलमा सर्वाधिक २५ रन बनाएका थिए। एक चौका र दुई छक्का प्रहार गरेका गुल्सनलाई मोहम्मद मोहसिनले बोल्ड गरे। 

यसबाहेक ओपनर देव खनालले २० बलमा तीन चौका र एक छक्कासहित २४ रनको यागदान गरे। उनलाई जेम्स निसमले आकाश त्रिपाठीबाट क्याचआउट गराएका हुन्। आफ्नो पहिलो खेलमै अर्धशतक बनाएका भारतीय अनुभवी ब्याटर जयकिशन कोल्सावाला भने एक रन बनाएर आउट भए। विलिमय बासिस्टोले १२, जिसन मक्सुदले १२ तथा चाडविक वाल्टनले ११ रनको योगदान गरे।

कप्तान सोमपाल कामी पाँच तथा अर्जुन घर्ती दुई रन बनाएर आउट भएपछि कर्णाली दबाबमा आएको थियो। युनिशविक्रम ठकुरीले १७ बलमा १२ रन बनाए।

जनकपुरका लागि ललित राजवंशी, जेम्स निसम र मोहम्मद मोहसिनले समान दुई तथा हर्ष ठाकर र शेर मल्लले समान एक विकेट लिए।

जवाफी ब्याटिङ गरेको जनकपुरले निकै खराब सुरुवात गरेकोमा जेम्स निसमले टोलीलाई लयमा ल्याएका थिए। अर्धशतकउन्मुख निसमलाई १६ वर्षीय विपिन शर्माले पेभिलियनको बाटो देखाएका थिए। उनले १७ बलमा ४५ रन जोडेका थिए।

शेर मल्लले नटआउट १६ रन, हर्ष थाकर १७, मयन यादव १४ र आकाश त्रिपाठीले १३ रन बनाउनुबाहेक अन्य खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन्। शुभ कंसाकार तीन, आशिफ शेख ४, लाहिरु मिलन्था दुई र मोहम्मद मोसिन एक रन बनाएर पेभिलियन फर्किँदा कुनै बल सामना नगरेका किशोर महतो शून्य रनमा अविजित रहे।

कर्णालीका लागि १६ वर्षीय विपिन शर्माले तीन विकेट लिँदा सोमपाल कामी, विलियम बोसिस्टो र जिसम मक्सुदले समान एक विकेट लिए।

लिगको उपाधि भिडन्त शनिबार हुनेछ। आठ टिम सहभागी प्रतियोगिताबाट काठमाडौं, लुम्बिनी, पोखरा र विराटनगर लिग चरणबाटै घर फर्किएका थिए।