ज्योतिष तथा वास्तुविद् सुरेशचन्द्र रिजालले तयार पारेको मंसिर १५ गते शनिबारदेखि मंसिर २१ गते शुक्रबारसम्मको साप्ताहिक राशिफल पढ्नुहोस्
मेष : साताको आरम्भमा सोचेजस्तै सफलता मिल्नेछ । आफ्नो प्रतिभा अरूलाई देखाउन सकिनेछ । प्रतिस्पर्धीहरूलाई सजिलै पछि पार्न सकिने योग रहेको छ । वैदेशिक भ्रमणका अवसर मिल्नेछन् । स्थानान्तरणको योग बनेकाले स्थान परिवर्तन गर्दा शुभ हुनेछ । नयाँ पारिवारिक सम्बन्धले परिवारमा खुसियाली छाउँने छ । साताको अन्त्यमा धन खर्चको योग रहेको छ । अनावश्यक यात्रा नगर्दा नै बुद्धिमानी हुनेछ ।
बृष : पेटको खराबीले स्वास्थ्य भने कमजोर रहनेछ । प्रेमको बन्धन कसिने योग छ । दाम्पत्य जीवन सुखद तथा समृद्ध बन्नेछ । यात्रा गर्दा अलि सावधानी अपनाउनुपर्ने समय छ । बुधबारदेखि नयाँ योजना समयमै पुरा हुनेछन् । सम्बन्धमा केही असजिलो परिस्थिति बन्ने देखिन्छ । वैदेशिक यात्रामा सोचेअनुसार सफलता मिल्ने छ । साताको अन्त्यमा उठ्नुपर्ने रकम उठ्ने छ । भाग्यको साथ पूर्णरूपमा मिल्नेछ ।
मिथुन : प्रशस्त धन आर्जन गर्ने मौका छ । पराक्रम र उत्साह बढ्नेछ । उद्योग र व्यापारमा विशेष फाइदाको योग रहेको छ । धार्मिक तथा सामाजिक क्षेत्रमा सहयोगको भावना जागृत हुने छ । मनोरञ्जन पूर्ण वातावरण बन्नाले मनमा शान्तिको अनुभूति हुनेछ । लगानीका क्षेत्रहरुबाट केही अप्रत्याशित नतिजाले मनमा खिन्नता बढ्नेछ । साताको अन्त्यमा लामो समयदेखि रोकिएका कानुनी बाधा अर्चन हट्दै जाने योग रहेको छ ।
कर्कट : भेटघाटले परिवारमा खुसियाली छाउनेछ । विशिष्ट व्यक्तित्व हरुसँगको सहकार्यमा अधुरा काम सम्पन्न हुनेछन् । मनपर्ने खानपान, वस्त्र, अलंकार आदिबाट आनन्द मिल्नेछ । उद्योग तथा व्यवसायमा लगानि गर्न हरुका लागि सोचेअनुसार सफलता मिल्नेछ । बिहिवारदेखि लामो लाभदायक यात्राको योग रहेकाले यात्रामा सफलता मिल्ने छ । साथीहरूले सोचेअनुसार साथ र सहयोग दिनेछन् । धार्मिक कार्यमा मन जानेछ । भाग्य बलियो हुनाले रोकिएका काम बन्न थाल्नेछन् ।
सिंह : घरायसी सम्बन्ध राम्रै रहने छ । व्यवसायिक र सामाजिक सम्बन्ध सुदृढ हुनेछ, अध्ययन, अध्यापन एवं लेखनका क्षेत्रमा बाधा छ । प्रेमसम्बन्ध र दाम्पत्य जीवनका लागि समय निकाल्न नसक्नाले थोरै तनावको सामना गर्नुपर्ने छ । शुक्रबारपछि साथीभाइ र नातेदारबाट उपयोगी सल्लाह र सहयोग प्राप्त हुनेछ र राज्यपक्षबाट लाभ प्राप्त हुनेछ । नयाँ कार्यको थालनी समेत हुनेछ । पशुव्यवसाय र कृषिपेसाबाट सन्तोष मिल्नेछ ।
कन्या : साताको आरम्भमा रोकिएका काम सुचारू हुनेछन् । पठन–पाठनमा प्रगति हुनेछ । विशेष सभा–समारोहमा सहभागी बन्ने मौका छ । धार्मिक तथा आध्यात्मिक क्षेत्रतर्फको काममा सहभागी बन्नु पर्नेछ । बिहीबारदेखि प्रशासनिक झैझमेला वा आरोप व्यहोर्नु पर्ने हुनसक्छ । आफुले भने जस्तो काम सम्पन्न हुन कठिन देखिन्छ । लामो दूरीको यात्रा हानीकारक बन्नसक्छ । साताको अन्त्यमा सरकारी जागिरेका लागि प्रशंसा, बढुवा वा जिम्मेवारी मिल्ने देखिन्छ।
तुला : विशिष्ट व्यक्तित्वसँग भेटघाट हुने र स्वादिष्ट भोजनको आनन्द मिल्नेछ । प्रतिष्ठित काम गर्ने मौका छ । प्रेमको बन्धन कसिने योग छ । दाम्पत्य जीवन सुखद तथा समृद्ध बन्नेछ । यात्रा गर्दा अलि सावधानी अपनाउनुपर्ने समय रहेको छ । बिहीबार शरीरमा आलस्य र थकानको अनुभव हुनेछ । साताको अन्त्यमा नियमित व्यवसायबाट राम्रो फाइदा हुनेछ । धार्मिक कार्यमा रुचि बढ्नेछ । राज्यपक्षबाट लाभ प्राप्त हुनेछ ।
बृश्चिक : विदेश भ्रमणका लागि प्रयत्न गर्ने समय छ । वैदेशिक क्षेत्रबाट लाभ लिने मौका छ । विशिष्ट व्यक्तिको सहयोगमा प्रतिष्ठित जिम्मेवारी हातपार्न सफल भइनेछ । महत्त्वपूर्ण व्यक्तिरु भेट्ने अवसर जुट्नेछ । आँफूभन्दा वरिष्ठ व्यक्तित्व अथवा पर्यवेक्षकका साथमा अति सुमधुर सम्बन्ध कायम रहनेछ । साताको अन्त्यमा अवसरका लागि विवादास्पद जिम्मेवारी वहन गर्नुपर्ने योग देखिएको छ ।
धनु : धर्मकर्म, समाजसेवा, परोपकार जस्ता प्रतिष्ठा बढ्ने काम हुनेछन् । आम्दानी पनि प्रशस्तै बढ्नेछ । आर्थिक पक्ष सबल रहने योग रहेको छ । बुधबारदेखि आफन्तबाट टाढिनु पर्ने छ व्यवसायमा लगानी बढाउनुपर्ने परिस्थिति आउन सक्छ । लाभप्रद कामले लोभ्याए पनि फजुल खर्च हुन सक्छ । साताको अन्त्यमा । नयाँ काम र जिम्मेवारी हात पार्ने मौका छ । पढाइमा सोचेजस्तै प्रगति हुनेछ ।
मकर : चिताएको काममा सोचेजस्तै सफलता मिल्नेछ । प्रेम र मित्रताको बन्धन कसिलो हुनेछ । व्यवसायको लगानीले मनग्गे धनलाभ हुनेछ । आलस्य त्यागेर मिहिनेत गर्नुपर्ने समय छ । प्रतिस्पर्धीहरूले समेत सहयोगका हात फैलाउनेछन् । नयाँ काम प्रारम्भ गर्ने समय छ । साताको अन्त्यमा वैदेशिक रोजगारिका कामबाट भने केही कठिनाइ भोग्नुपर्ने योग देखिन्छ । नोकरी तथा व्यवसायबाट सोचेअनुसार लाभ मिल्नेछ ।
कुम्भ : सानातिना काममा महत्वपूर्ण समय बित्नेछ । सहयोगीहरूले साथ दिए पनि काम पूरा नहुन सक्छ । सामाजिक कामको दायित्व बढ्नेछ । काममा मातापिताको सहयोग प्राप्त होला । बिहीबार अनावश्यक खर्च हुने क्रम भने बढ्ने सम्भावना छ । खेलकुदमा लगानी गरिएको समयको पूर्णरूपमा सदुपयोग हुनेछ । साताको अन्त्यमा प्रगतिमा ईर्ष्या गर्नेहरूले अवरोध पुर्याउन सक्नेछन । नयाँ योजनाहरु सफल हुनेछन् ।
मीन : भाग्यले विभिन्न अवसर थमाउनेछ । अध्यात्मभाव जागृत हुनाले परोपकारमा मन जानेछ । धार्मिक तथा परोपकारजन्य क्रियाकलापबाट प्रतिष्ठा पाइनेछ । धेरैले कामको तारिफ गर्नेछन् । दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ । साताको अन्त्यमा मान्यजनसँग मतमतान्तर बढ्न सक्छ । आत्मीयजनबाट टाढिनुपर्ला । विगतका निर्णयले काममा चुनौती आउने देखिन्छ ।