सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले सुरक्षण मुद्रण केन्द्रको कार्यकारी निर्देशक नियुक्तिका लागि चारजना उम्मेदवारको नाम स्वीकृत गरेको छ ।
मन्त्रालयका अनुसार सतोसर– १, धनुषाका अनुप बाँस्कोटा, टोखा– ६, काठमाडौंका डा. दामोदर रेग्मी, उर्लाबारी– ५, मोरङका देवराज ढुंगाना र सूर्यविनायक– २, भक्तपुरका सुुरेशकुमार कार्कीको नाम सर्टलिस्टमा परेको छ ।
अब चारैजना उम्मेदवारको व्यावसायिक कार्ययोजना प्रस्तुति र अन्तर्वार्ताका लागि अर्को सूचना प्रकाशित गरेर जानकारी गराइने मन्त्रालयले जनाएको छ । गत ३ मंसिरमा मन्त्रालयले केन्द्रको कार्यकारी निर्देशक नियुक्तिका लागि दरखास्त माग गरेको थियो ।