मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ मङ्सिर १४ शुक्रबार
  • Friday, 29 November, 2024
मनीष खड्का रुकुम पश्चिम
२o८१ मङ्सिर १४ शुक्रबार १२:५५:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

२४ वर्षीया मायाले बाटोमै बच्चा जन्माइन्

Read Time : < 1 मिनेट
मनीष खड्का, रुकुम पश्चिम
नयाँ पत्रिका
२o८१ मङ्सिर १४ शुक्रबार १२:५५:oo

रुकुम पूर्वको सिस्ने गाउँपालिका– १ की एक महिला बाटोमै सुत्केरी भएकी छिन्। सुत्केरी बेथाले च्यापेपछि पैदल हिँडेर सिस्ने स्वास्थ्यचौकी आउँदै गर्दा सिस्ने– १ लाम्माखाकी २४ वर्षीया माया बुढाले बिचबाटोमै पाखापानी भन्ने ठाउँमा छोरीलाई जन्म दिएकी वडासचिव चन्द्रदेव खड्काले जानकारी दिए।

उनको यो दोस्रो सन्तान हो। सिस्ने स्वास्थ्यचौकीबाट गएका स्वास्थ्यकर्मीले बाटोमै सुत्केरी गराएका हुन्। बाटोमै सुत्केरी बेथाले च्यापेको खबर पाएपछि सिस्ने स्वास्थ्यचौकीका इन्चार्ज काशीराम ओली स्ट्रेचर लिएर गएका थिए।

बाटोमै सुत्केरी भएपश्चात् स्वास्थ्यकर्मीसहितको टोलीले आमा र शिशुलाई बोकेर स्वास्थ्यचौकी पुर्‍याएको सचिव खड्काले बताए। उनका अनुसार आमा र शिशुको अवस्था सामान्य छ। २४ घण्टाको निगरानीपश्चात् आमा र शिशुलाई डिस्चार्ज गरिएको उनले बताए।

सिस्ने गाउँपालिका– १ सडक सञ्जालमा जोडिन सकेको छैन। एउटा मात्र स्वास्थ्य संस्था रहेको यस वडामा स्वास्थ्य संस्था पुग्न घण्टौँ पैदल हिँड्नुपर्ने बाध्यता छ। जिल्ला अस्पताल रुकुमकोट पुग्न एकदेखि दुई दिनसम्म पनि पैदल हिँड्नुपर्ने बाध्यता छ।