ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले ‘जनताको जलविद्युत् कार्यक्रम’अन्तर्गत निर्माण हुन लागेका आयोजनामा विपन्न वर्गको सेयर सुनिश्चित गरिने बताएका छन् ।
जनताको जलविद्युत् कार्यक्रम कार्यान्वयनका लागि बनेको कार्यविधिमाथि आज मन्त्रालयमा भएको छलफलमा उनले आयोजनामा गरिब तथा विपन्न वर्गको सेयर सुनिश्चित गरिनुपर्ने बताएका हुन् ।
‘स्रोतमाथिको अधिकार सबै नागरिकको हुनुपर्छ, गरिब तथा विपन्न वर्गलाई अगाडि बढाउन नसकेसम्म हामीले परिकल्पना गरेको समृद्ध मुलुक निर्माण हुन सक्दैन,’ ऊर्जामन्त्री खड्काले भने । उनले जनसंख्याका आधारमा भन्दा पनि घरधुरीका आधारमा सेयरको व्यवस्था गरिने बताए ।