मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ मङ्सिर १५ शनिबार
  • Saturday, 30 November, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ मङ्सिर १५ शनिबार १२:३९:oo
Read Time : < 1 मिनेट
खेलकुद डिजिटल संस्करण

एनपिएलको पहिलो विकेट ललितलाई

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ मङ्सिर १५ शनिबार १२:३९:oo

नेपाल प्रिमियर लिग (एनपिएल) को पहिलो विकेट ललितनारायण राजवंशीको नाममा भएको छ । शनिबार भएको उद्घाटन खेलमा जनकपुर बोल्ट्सका ललितले विराटनगरका लोकेश बमको विकेट लिएका हुन् । उनले दोस्रो ओभरको पहिलो बलमै विकेट लिएका थिए ।

लोकेश र मार्टिन गुप्टिल क्रिजमा आएका थिए । यसअघि जनकपुरले टस जितेर बलिङ गरेको थियो । शनिबार टस हारेको विराटनगर किंग्सले सुरुमा ब्याटिङ गरेकोछ । यसअघि प्रतियोगिताको उद्घाटन युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीले गरेका छन् । यसअघि राष्ट्रपति रामचन्द्र पौडेलले उद्घाटन गर्ने भनेपनि अन्तिममा नाम फिर्ता भएको थियो । त्यसपछि खेलकुद मन्त्री तेजुलाल चौधरीले उद्घाटन गरेका हुन् ।

राष्ट्रिय खेलकुद परिषद् (राखेप) सदस्य सचिव टंकलाल घिसिङसहित क्यानका पदाधिकारीको उपस्थिति रहेको थियो । उद्घाटनसत्र अघि कर्णाली याक्समा अनुबन्ध भएका भारतीय चर्चित खेलाडी शिखर धवनले मैदान परिक्रमा गर्दै नेपाली समर्थकको अभिवादन स्विकार गरेका थिए ।

८ टिमबीच हुने एनपिएलको समापन ६ पुसमा हुनेछ । नेपाल क्रिकेट संघ (क्यान)ले विजेताले १ करोड ११ लाख पाउँदा उपविजेताले ५५ लाख पाउने जनाएको छ । त्यस्तै, तेस्रोले ३० लाख र चौथोले २० लाख पाउने छन् ।