मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ मङ्सिर १५ शनिबार
  • Saturday, 30 November, 2024
२o८१ मङ्सिर १५ शनिबार o९:४६:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

नवलपुरमा ट्याक्टर दुर्घटना हुँदा १२ जना घाइते  

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ मङ्सिर १५ शनिबार o९:४६:oo

नवलपुरको गैँडाकोटमा ट्याक्टर दुर्घटना हुँदा १२ जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार गएराति गैँडाकोट १४ रतनपुर हात्तीसार स्थित भित्री कच्ची सडकमा ना ५ त ७०९ नम्बरको ट्याक्टर दुर्घटनामा परेको हो । ट्याक्टर सडकबाट १५ मिटर तल खसेको छ । 

घाइते १२ जना मध्ये १० जनाको नयाँ मेडिकल कलेज चितवन र २ जनाको एलाईभ अस्पताल भरतपुरमा उपचार भईरहेको छ । दुर्घटनामा परी गैँडाकोट ११ भेँडाबासी निवासी २४ वर्षीया मनमाया सिंजाली मगर, ३४ वर्षीय फत्ते बहादुर सुनारी मगर, ५५ वर्षीया क्षेमाया सिंजाली मगर, गैँडाकोट १० पितौजी निवासी ६० वर्षीय कर्मासिंह सारु मगर, गैँडाकोट १२ मालपुर निवासी ९ वर्षीया संगिता आले, गैँडाकोट १४ निवासी ३४ वर्षीय यम बहादुर बाँचे मगर घाइते भएका छन् । 

यसैगरी गैँडाकोट १२ निवासी ३५ वर्षीय उदीमाया सारु मगर, ४० वर्षीया धनकुमारी थनेत, ४८ वर्षीया गौमाया आले, ३७ वर्षीया शान्तामाया सुनारी, हुप्सेकोट ४ झ्यालबास निवासी २१ वर्षीय भविसरा सोमै र २९ वर्षीया आइती केरुङ घाइते भएका छन् ।

ट्याक्टर प्रहरीको नियन्त्रणमा रहे पनि ट्याक्टर चालक भने फरार रहेको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी उपरीक्षक यादव ढकालले बताए । गैँडाकोट भेँडाबारीबाट रतनपुरमा पाहुना लिएर गएको उक्त ट्याक्टर दुर्घटनामा परेको हो । दुर्घटनास्थल गैँडाकोटबाट २ घण्टाको दुरीमा पर्दछ ।