मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ मङ्सिर ३ सोमबार
  • Monday, 18 November, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ मङ्सिर ३ सोमबार १८:oo:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

एपिएफ–एसएसबी आठौँ समन्वयात्मक बैठक सम्पन्न

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ मङ्सिर ३ सोमबार १८:oo:oo

सशस्त्र प्रहरी बल नेपाल (एपिएफ) र भारतको सशस्त्र सीमा बल (एसएसबी) बिच आठौँ समन्वयात्मक बैठक सोमबार काठमाडौंमा सम्पन्न भएको छ। सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय हल्चोकमा शनिबार सुरु भएको समन्वयात्मक बैठकमा सीमामा हुने अवैध क्रियाकलाप रोकथाम तथा नियन्त्रण, लागुऔषधको ओसारपसार नियन्त्रण, तस्करी नियन्त्रणका विषयमा छलफल भएको सशस्त्र प्रहरी बलले जनाएको छ।  

सीमा सुरक्षालाई थप प्रभावकारी बनाउन नियमित संयुक्त सीमा गस्ती, सीमास्तम्भहरूको रेखदेख तथा संरक्षण, सूचना आदान-प्रदानलगायत दुई निकायबिच निरन्तर समन्वय तथा सहकार्य गर्ने सम्बन्धमा पनि छलफल भएको छ। 

समन्वयात्मक बैठकमा सशस्त्र प्रहरी बल नेपालको तर्फबाट सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल र सशस्त्र सीमा बल (एसएसबी) को तर्फबाट महानिर्देशक अमृतमोहन प्रसादले नेतृत्व गरेका थिए। एसएसबीको तर्फबाट ६ जनाको प्रतिनिधिमण्डल बैठकमा सहभागी थिए। 

यसअघि सातौँ समन्वयात्मक बैठक भारतमा सम्पन्न भएको थियो। हरेक वर्ष आयोजना हुँदै आएको यस बैठकमा सशस्त्र प्रहरी बल नेपालका महानिरीक्षक र भारतको सशस्त्र सीमा बलका महानिर्देशकबिच सीमा सुरक्षाका विविध पक्षबारे छलफल हुँदै आएको छ।