मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ मङ्सिर ३ सोमबार
  • Monday, 18 November, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ मङ्सिर ३ सोमबार १o:o७:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

कर्मचारीहरू कार्यालय पुगिसकेपछि सार्वजनिक बिदाको निर्णय

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ मङ्सिर ३ सोमबार १o:o७:oo

पूर्वसभामुख दमननाथ ढुंगानाको निधनको शोकमा सरकारले सोमबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ। ढिलो गरी निर्णय हुँदा कर्मचारी र सेवाग्राहीले सास्ती भोगेका छन्।

सोमबार बिहान बसेको मन्त्रिपरिषद्को बैठकले सार्वजनिक बिदा दिने निर्णय गरेको हो। ढुंगानाको आइतबार दिउँसो निधन भएको थियो। सरकारले ढिलो गरी निर्णय गर्दा कर्मचारी र सर्वसाधारणले दुःख पाएका छन्।

सरकारको निर्णय सार्वजनिक हुँदै गर्दा कतिपय कर्मचारी तथा सेवाग्राहीहरू कार्यालय पुगिसकेका थिए। राहदानी विभाग, यातायात कार्यालय, जिल्ला प्रशासन कार्यालयहरूमा नौ बजेदेखि नै सेवाग्राहीको भिड लाग्ने गर्दछ। तर, ९ बजेपछि मात्र सरकारले सार्वजनिक बिदाको निर्णय गरेको थियो। जसकारण कतिपय कर्मचारी बाटैबाट त कतिपय कार्यालय पुगेपछि फर्किएका छन्।