नेपाल विद्युत् प्राधिकरणले भूमिगत तारबाट विद्युत् वितरण थालेसँगै सडकछेउमा भएका पोल र तार हटाएपछि आकर्षक देखिएको न्युरोड । योजनाभित्र परेकामध्ये उपत्यकाका अधिकांश ठाउँमा तार भूमिगत गर्ने काम सकिएको र पोल तथा तार हटाउने काम न्युरोडबाट सुरु गरिएको प्राधिकरणका प्रवक्ता चन्द्रकुमार घोसले बताए ।
बाँकी ठाउँमा क्रमशः पोल र तार हटाइने उनले बताए । उपत्यकाबाहिर पोखरा र भरतपुर महानगरपालिका क्षेत्रमा पनि तार भूमिगतको अधिकांश काम सकिएको छ ।
विद्युत्को पोल प्रयोग गरिरहेका टेलिकम र इन्टरनेट कम्पनीहरूले पनि तार भूमिगत गर्नुपर्छ । सरकारले दुई वर्षमा सक्ने गरी ५ फागुन ०७६ मा सुरु भएको भूमिगत तार बिछ्याउने योजना ६ वर्षमा पनि ७५ प्रतिशत मात्रै सकिएको छ ।