मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ मङ्सिर ३ सोमबार
  • Monday, 18 November, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ मङ्सिर ३ सोमबार o९:५९:oo
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

सन नेपाल लाइफको मार्केटिङ म्यानेजर सम्मान

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ मङ्सिर ३ सोमबार o९:५९:oo

सन नेपाल लाइफ इन्स्योेरेन्सले प्रदेशस्तरीय मार्केटिङ म्यानेजर कार्यक्रम गरेको छ । कम्पनीले लुम्बिनी प्रदेशका करिब दुई सयजना मार्केटिङ म्यानेजरसहित शुक्र र चन्द्र क्लबमा पर्न सफल अभिकर्तालाई एक समारोह आयोजना गरी सम्मान गरेको हो ।

उक्त कार्यक्रममा प्रमुख अतिथि तथा सन नेपाल लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत (सिइओ) राजकुमार अर्यालले जीवन बिमा अभिकर्ता पेसा एक सम्मानित र स्वतन्त्र पेसा भएको हुनाले सबैजना थप ऊर्जाका साथ अघि बढ्नुपर्ने कुरामा जोड दिए । सिइओ अर्यालले ग्राहकको माग र जनचाहनालाई सम्बोधन गर्न सन मेडिकेयरजस्तो स्वास्थ्यसम्बन्धी जोखिम बहन गर्ने सुविधा ल्याउने पहिलो कम्पनी भएको बताए ।

कार्यक्रममा बोल्दै कम्पनीका चिफ मार्केटिङ अफिसर गणेश चौलागार्इंले अभिकर्ता पेसाबाटै कसरी विशिष्ट परिचय बनाउन सकिन्छ भन्ने विषयमा प्रशिक्षण दिए ।