धादिङको नीलकण्ठ नगरपालिका–८ अमेरुवामा ट्रक र स्कुटर ठोक्किएर दुर्घटना हुँदा तीन जना घाइते भएका छन् ।
सदरमुकाम धादिङबेशीबाट सल्यानटारतर्फ जाँदै गरेको बा४ख २७५९ नम्बरको ट्रक र विपरित दिशाबाट आउँदै गरेको बागमती प्रदेश ०६–००१–६८४६ नम्बरको स्कुटर आपसमा ठोक्किदा एकजना गम्भीर र अन्य दुईजना घाइते भएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रवक्ता एवं प्रहरी निरीक्षक प्रल्हाद सिलवालले जानकारी दिए ।
दुर्घटनामा परि घाइते घाइते भएकी नीलकण्ठ नगरपालिका–९ बस्ने करिब २२ वर्षीया गायत्री लम्सालको अवस्था गम्भीर रहेको धादिङ अस्पतालले जनाएको छ । यसैगरि, नीलकण्ठ–३ बस्ने ३४ वर्षीय हरि खनाल र चितवन माडी–९ का कृष्ण प्रजाको टाउकोमा चोट लागेको छ । धादिङ अस्पतालमा उपचारपछि गायत्री लम्साल र हरि खनाललाई थप उपचारका लागि काठमाडांै पठाइएको छ ।
प्रवक्ता सिलवालका अनुसार स्कुटर बचाउन खोज्दा ट्रक पल्टिएको हुन सक्छ । ट्रक र स्कुटर ठोक्किएको देखिन्छ । थप अनुसन्धान भइ रहेको छ । ट्रक चालक चन्द्रमान शाक्य प्रहरीको नियन्त्रणमा रहेको उनले बताए ।