मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ मङ्सिर ३ सोमबार
  • Monday, 18 November, 2024
रासस/सिन्ह्वा श्रीलंका (कोलम्बो)
२o८१ मङ्सिर ३ सोमबार १६:३३:oo
Read Time : < 1 मिनेट
विश्व डिजिटल संस्करण

श्रीलंकामा नयाँ मन्त्रिपरिषद्को शपथग्रहण

Read Time : < 1 मिनेट
रासस/सिन्ह्वा श्रीलंका (कोलम्बो)
नयाँ पत्रिका श्रीलंका (कोलम्बो)
२o८१ मङ्सिर ३ सोमबार १६:३३:oo

श्रीलंकाको कोलम्बोस्थित राष्ट्रपति सचिवालयमा सोमबार नवगठित मन्त्रिपरिषदमा समावेश मन्त्रीहरूले राष्ट्रपति अनुरा कुमार दिसानायकेसमक्ष शपथ लिएका छन् । दिसानायकेको उक्त मन्त्रिपरिषदमा २१ जना मन्त्री रहेको तथा उपमन्त्रीहरूले पछि शपथ लिने कार्यक्रममा घोषणा गरिएको थियो ।

दिसानायकेले सेप्टेम्बर २१ को राष्ट्रपति चुनाव जितेपछि हरिनी अमरसुरिया र विजिता हेराथको समायोजनमा मन्त्रिमण्डल निर्माण गरेका हुन् । नयाँ मन्त्रिपरिषदमा नोभेम्बर १४ को संसदीय चुनावमा निर्वाचित नेसनल पिपुल्स पावर (एनपिपी) का १५९ सांसदमध्येबाट नयाँ मन्त्रीहरू चुनिएको छ ।

श्रीलंकामा समानुपातिक प्रतिनिधित्व प्रणाली लागु भएपछि संसदमा कुनै राजनीतिक पार्टीले दुईतिहाइ बहुमत प्राप्त गरेको यो पहिलोपटक हो । नयाँ मन्त्रिमण्डलमा अमरसुरियालाई प्रधानमन्त्री र हेराथलाई विदेश मामिला, विदेश रोजगार र पर्यटनमन्त्रीको रूपमा पुनः नियुक्त गरिएको छ ।

नयाँ मन्त्रिमण्डललाई सम्बोधन गर्दै राष्ट्रपति दिसानायकेले श्रीलंकाको राजनीतिक र आर्थिक मार्ग परिवर्तन गर्न जनताले सेप्टेम्बर र नोभेम्बरमा लगातार दुईपटक एनपिपीलाई मतदान गरेको उल्लेख गरे ।

जनताले एनपिपीको नीति र पार्टी सदस्यहरूको अखण्डताको आधारमा विश्वास गरेको बताउँदै उनले आगामी दिनमा जनताको सरकारको रूपमा काम गर्ने बताए । दिसानायकेले श्रीलंकाका जनताले जातीय र धार्मिक विभाजनको बिचमा आफूहरूलाई मतदान गरेको जनाउँदै जनताको अधिकारको संरक्षण र वृद्धि गर्ने प्रतिबद्धता व्यक्त गरे ।