१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ कार्तिक २६ सोमबार
  • Wednesday, 13 November, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ कार्तिक २६ सोमबार ११:३८:oo
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

एनसिएचएल र एभरेष्ट बैंकबिच अन्तरदेशीय भुक्तानी सहकार्य

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ कार्तिक २६ सोमबार ११:३८:oo

एनसिएचएल र एभरेष्ट बैंकबिच अन्तरदेशीय भुक्तानी सहकायकाठमाडौं÷ एभरेष्ट बैंक र नेपाल क्लियरिङ हाउस (एनसिएचएल)बिच अन्तरदेशीय भुक्तानी सम्झौता भएको छ । अली पेको नेटवर्कमा आबद्ध सदस्य वालेटमार्फत नेपाल पे मर्चेन्टका क्युआरमा अन्तरदेशीय भुक्तानी गर्न यी दुई संस्थाबिच सम्झौता भएको हो । सम्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङ तथा एनसिएचएलका प्रमुख कार्यकारी अधिकृत नीलेशमानसिंह प्रधानले हस्ताक्षर गरेका हुन् । 

सम्झौताअनुसार नेपालमा रहेको नेपाल पे क्युआर मर्चेन्टमा अली पे नेटवर्कमार्फत भुक्तानी गर्न सकिनेछ । चीन, हङकङ, सिंगापुर, मलेसिया, इन्डोनेसिया, फिलिपिन्स, मंगोलिया, थाइल्यान्ड, साउथ कोरिया, स्विडेन तथा इटालीलगायतका देशबाट नेपाल आएका पर्यटकले आफ्नो डोमेस्टिक वालेटमार्फत  नेपाल पे क्युआरमा सजिलै भुक्तानी गर्न सक्ने बताइएको छ । एनसिएचएलले अली पेसँग अन्तर्राष्ट्रिय भुक्तानी साझेदारका रूपमा आबद्ध भई दुई नेटवर्कबिच भुक्तानी सुचारु गर्ने व्यवस्था मिलाइसकेको जनाएको छ र्।