१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ कार्तिक २५ आइतबार
  • Wednesday, 13 November, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ कार्तिक २५ आइतबार १३:२६:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

नयाँबसपार्कमा सातदिने निःशुल्क ऊर्जा ध्यान शिविर

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ कार्तिक २५ आइतबार १३:२६:oo

काठमाडौंको नयाँबसपार्कमा सातदिने निःशुल्क ऊर्जा ध्यान शिविर सञ्चालन गरिएको छ । समाज उत्थान महिला मञ्चको आयोजना तथा जीवन विज्ञान प्रतिष्ठानको सहकार्यमा आजदेखि आगामी मंसिर १ गतेसम्म निःशुल्क ऊर्जा ध्यान शिविर सञ्चालन गरिएको हो । उक्त शिविर बिहान ५ बजेदेखि ६:३० बजेसम्म सञ्चालन भएको थियो ।
      
ध्यान शिविरमा नयाँबसपार्क र त्यस आसपासमा रहेर व्यापार–व्यवसाय गरेर बसेका व्यक्ति लाभान्वित भएका छन् । सातदिने शिविरमा जीवन विज्ञान प्रशिक्षक नरेश गौतम र अनिता गौतमले प्रशिक्षण दिएकाे समाज उत्थान महिला मञ्चकी अध्यक्ष जानुका नेपालले जानकारी दिइन्।      

अध्यक्ष नेपालले व्यक्ति स्वस्थ रहे मात्र देश स्वस्थ रहने भएकाले नयाँबसपार्क क्षेत्र र यस आसपासमा बसोवास गर्नेलाई लक्षित गरी उक्त ध्यान शिविर सञ्चालन गरिएको जानकारी दिइन् । उक्त ध्यान शिविरमा एक सयभन्दा बढीको सहभागिता रहेको थियो ।