१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ कार्तिक २८ बुधबार
  • Thursday, 14 November, 2024
२o८१ कार्तिक २८ बुधबार o८:१५:oo
Read Time : < 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

च्याम्पियन्स ट्रफीपछि नावीले सन्न्यास लिने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ कार्तिक २८ बुधबार o८:१५:oo

अफगानिस्तानका अलराउन्डर मोहमद नावीले आइसिसी च्याम्पियन्स ट्रफीपछि एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यास लिने घोषणा गरेका छन् । सन् २०२५ को फेब्रुअरीमा पाकिस्तानमा च्याम्पियन्स ट्रफी हँुदै छ । अफगानिस्तानले पहिलोपटक च्याम्पियन्स ट्रफीमा सहभागिता जनाउन लागेको हो । ३९ वर्षीय नावीले अफगानिस्तानबाट सर्वाधिक कप्तानी गरेको कीर्तिमान राखेका छन् । सन् २००९ मा उनले एकदिवसीय खेलमा डेब्यु गरेका थिए । पछिल्लोपटक अफगानिस्तानले बंगलादेशलाई एकदिवसीय सिरिजमा २–१ ले हराउँदै नावीले अलराउन्ड प्रदर्शन गरेका थिए । सो सिरिजमा उनी म्यान अफ दी सिरिज भएका थिए ।

गत वर्ष भारतमा भएको आइसिसी एकदिवसीयपछि नै सन्न्यास लिने मनस्थितिमा पुगेको उनले बताए । ‘विश्वकपपछि नै ब्याट बिसाउने निर्णय लिने योजना बनाएको थिएँ, त्यसपछि च्याम्पियन्स ट्रफी छनोटसम्म थाँती राखे अहिले च्याम्पियन्स ट्रफी नै मेरो करिअरको अन्तिम एकदिवसीय प्रतियोगिता हुनेछ,’ नावीले भने, ‘पहिलोपटक च्याम्पियन्स ट्रफी खेल्न अवसर छुटाउन मन लागेन, यसै कारण अहिले यो निर्णय लिएको हुँ ।’ अफगानिस्तानलाई एकदिवसीयदेखि टेस्ट मान्यता दिलाउनसम्म उनले महŒवपूर्ण योगदान गरेका थिए । 

टी–२० फम्र्याटमा निरन्तरता
नावीले अफगानी क्रिकेट बोर्ड (एसिबी) लाई सन्न्यासको जानकारी दिएका छन् । एसिबीले उनलाई टी–२० फम्र्याटमा निरन्तरता दिन आग्रह गरेको छ । ‘एकदिवसीयबाट अलग भए पनि बोर्डको सल्लाहअनुसार टी–२० फम्र्याटमा उपलब्ध हुनेछु,’ उनले भने, ‘तर, लामो समयका लागि खेल्दिनँ ।’ विश्वकपछि च्याम्पियन्स ट्रफी महŒवपूर्ण प्रतियोगिताका रूपमा उनले लिएका छन् । ‘च्याम्पियन्स ट्रफी एक फरक प्लाटफर्म हो, यसलाई विश्वकपछि महŒवपूर्ण प्रतियोगिताका रूपमा लिने गर्छ,’ च्याम्पियन्स ट्रफीको महŒव दर्शाउँदै उनले भने, ‘यो सिरिजपछि एकदिवसीयबाट गुडवाई हुनेछ ।’